Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपा ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी

राप्रपा ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी

काठमाडौँ । राप्रपा ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति निकालेर निषेधित क्षेत्रमा संविधान र कानून उल्लङ्घन गर्ने गरी हुने कुनै पनि गतिविधि सैहृय नहुने बताएको हो ।

राप्रपाले आजदेखि राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानूनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनि राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि बल्खुमा चैत २६ मा राप्रपाले र त्यसअघि चैत १५ मा तिनकुनेमा राजवादीहरुले प्रदर्शन गरेका थिए । तिनकुनेमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रूप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो ।