काठमाडौँ । एमाले सचिव योगेश भट्टराई बिरुद्ध आफनै गृहजिल्ला ताप्लेजुङमामा आक्रमणको प्रयास सँगै नारावाजी भएको छ । कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि पुगेका भट्टराई बिरुद्ध आक्रमण कै प्रयास भएपछि प्रहरी र स्थानीयबीच मुडभेडकै अवस्था समेत सिर्जना भएको बुझिएको छ । शौचालय गएका भट्टराईलाई ’नो केबलकार’ समूहले घेरा हालेपछि प्रहरीले शौचालयको चुकुल लगाएर सुरक्षा दिएको पनि खुल्न आएको हो । शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए । पाथीभरामा केवलकार निर्माणका विषयमा भएको विवादमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराईसँग असन्तुष्ट ’नो केवलकार’ समूहले शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा आएका उनको विरोधमा नाराबाजी गरेका हुन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा महोत्सव भइरहेको छ । महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गएका थिए । उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागेका थिए । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए ।
त्यहीक्रममा आन्दोलनकारीको संख्या थपिँदै गएपछि आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो। केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आएपछि उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिएको थियो । स्थानीयले भने आफूहरूमाथि कुटपिट भएको दाबी गरेका छन् । स्थानीय केदारजङ्ग ताप्मादेनले आफूहरूमाथि कुटपिट भएको बताए। तर प्रहरीले भने भीड तितरबितर पार्ने क्रममा ठेलाठेल भएको जनाएको छ ।
पाथीभरा मुक्कुमलुङ केवलकारको बिषयलाई लिएर नो केबलकार समूहले भट्टराईलाई कालो झण्डा देखाउने, विरोध गर्ने कार्य विगत देखिनै गर्दै आएका छन् । कोशी प्रदेशका सांसद राम रानामाथि भएको दुब्र्यवहारको विषयमा प्रतिनिधिसभामा सांसद भट्टराईले असन्तुष्टि जनाएका थिए । त्यसपछि भट्टराईप्रति पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा भएको कञ्चनजंघा हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बो लिम्बू हुन् । फेम्बो लिम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक पनि हुन् । शुक्रबारको कार्यक्रम फेम्बुकै अध्यक्षतामा भएको थियो । मन्त्री लगायतका पाहुनालाई हेलिकोप्टरबाट ओर्लिँदा स्वागत गर्न र बिदाइ गर्न फेम्बू स्वयं उपस्थित थिए । स्वागतका