Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङले अब देशैभरी ’हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने उद्घोष

हर्क साम्पाङले अब देशैभरी ’हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने उद्घोष

काठमाडौँ । जनताको मन र मत जितेर धरान उपमहानगरपालिकाको मेयर बनेका हर्क साम्पाङले अब देशैभरी ’हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने उद्घोष गरेका छन । उनले आफनो अभियानलाई मन पराउने सबैलाई जोडिन आग्रह गदैँ अब आफुले नै नेतृत्व दिन बताएका छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

’हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन्। ’अब देशै भरि हर्क साम्पाङ अ रिभोलुसन टीम बनाउनेछौँ ! मलाई मन पराउने,मेरो विचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला! मेरो अभियान मन पराउने जति सबै आउनु होला! अब म दिन्छु नेतृत्व! अरूले सक्दैन, जान्दैन! देशको माया लाग्छ भने जोडिनुहोला!’भन्दै लेखेका छन । पछिल्लो समयमा नेपालका पुराना पार्टी र नेताहरु प्रति जनताको बितृष्ण बढिरहेका बेला उनको यो अभियानमा जोडिने धेरैले इच्छा पनि प्रकट गरिरहेका छन । उनले यो भन्दा अघि काठमार्डौँ महानगरपालिकाका मेयर बालेन शाह मिलेर नयाँ पार्टी खोल्ने चर्चा पनि चल्ने गरेको छ । हर्कले पनि पटक पटक बालेन सँग मिल्ने उद्घोष पनि गरिसकेका छन ।

साम्पाङले काठमाडौँ आएका बेलामा पनि बालेन शाह सँग भेट गरेर जाने गरेका छन भने सामाजिक सञ्जाल बाटै पनि उनले साथ दिदै आइरहेका छन । जनताहरुले पनि पछिल्लो समयमा स्वतन्त्रबाट उठेर जितेका बालेन,हर्क र गोपीलाई मिलेर अघि बढेको हेर्न चाहिरहेका छन । हर्कको काम र कमदलाई धराने जनताहरुले पहिला देखी नै साथ दिदै आएका छन,अब उनले देशव्यापी नै अभियान चलाउन लागेका हुन । सम्भवत भोलीका दिनमा उनीहरुले पार्टी खोल्न सक्ने समेत धेरैले अनुमान गरेका छन । स्वतन्त्रको लहर चलिरहेका बेला उनले धरानको प्रमुख पद जितेका थिए ।

उनी अहिले पनि स्वतन्त्र नै रहेका छन । राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका हर्क साम्पाङले धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएका थिए । साम्पाङ एक समय वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका थिए । विदेशबाट फर्किएपछि राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । शुरूमा कहिले एक्लै र कहिले सानो समूहमा भ्रष्टाचार र विकृति विरुद्ध टोल टोलमा माइकिङ गरेका उनले समाजमा देखा परेका समस्याबारे खुलेर बोल्दै आएका छन ।