काठमाडौँ । अहिले काठमाडौंमा देशभरका शिक्षक विद्यालय ऐन जारी गर्नु पर्ने माग राख्दै आन्दोलनमा छन् । देशभरका सरकारी विद्यालय ठप्प छन् । शिक्षकहरु क्हिले सडकमै सुत्छन्, कहिले बाजा बजाएर नाच्छन्,कहिले गित गाउँछन् कहिले जादु देखाउँदै बस्छन् । तर, उनीहरुको जादु बिद्यार्थी माथी चलेको देखिदैन । अझ बिशेष गरि नेपालीको शिक्षा प्रणली यति कम्जोर बनेको छ कि एसईमा होस् वा कक्षा ८ को परिक्ष होस् कतिपय स्कुलले निल खाई रहेका छन् । यस भन्दा अगाडीको एसईइमा ५२ प्रतिशत विद्यार्थी फेल भए । कतिपय स्कुलले निल नै खाए ।
अहिले कक्षा आठका विद्यार्थीको पनि हालत उहि छ । काठमाडौंमा आन्दोलन गरिरहँदा चितवनको भरतपुर महानगरपालिका–१९ स्थित किरण अमरजंग गुरूङ माध्यमिक विद्यालयका सबै विद्यार्थी फेल भएका छन् । अर्थात स्कुलले नै निल आएको छ । अहिले आठको परिक्षा स्तानिय तहले लिने गरेको छ । उक्त विद्यालयको कक्षा आठमा जम्मा २९ जना विद्यार्थी छन् । ति सबै फेल भउका हुन् । उनीहरु मध्य २ जना बाहेक अरु सबैलाई गणित बिषय लागेको छ । उनीहरु गणितमा मात्रै होईन अंग्रेजीदेखि नेपालीमा पनि फेल भउका छन् ।
२ विषयसम्म लागेको विद्यार्थीलाई मौका परीक्षा दिन वैशाख १५ र १६ गते दुई दिन परीक्षाको समय तोकेको छ ।तर, अहिले देशभरका बिद्यालय ठप्प छन् । यता कक्षा १२ को परिक्षा नै अन्योलमा परेको बेला मौका परिक्षा कसरी हुन्छ भन्नेमा अभिभाबक , विद्यार्थी तनावमा परेका छन् । किरण अमरजंग गुरूङ माध्यमिक विद्यालय मात्रै होईन भरतपुर महानगरपालिका वडा नं। २२ को आधारभूत विद्यालय धनौजी र कालिका आधारभूत विद्यालय भरतपुर–२१ मनिपुरको कक्षा ८ को नतिजा पनि निल । यता चितवन मात्रै होईन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा १७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। सिदिङ्वा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार कुल १ सय ५४ परीक्षार्थीमध्ये २६ जना मात्र उत्तीर्ण भएका छन्। अनुत्तीर्ण विद्यार्थीले कक्षा ८ को पढाइ दोहोर्याउनुपर्ने भएको छ।
कक्षा ८ सञ्चालित ६ ओटा माध्यमिक र ६ आधारभूत तहका विद्यालयमध्ये ६ वटा विद्यालयका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। जस्ले गर्दा अहिले शिक्षकको क्षमता , विद्यालयको गुणस्तरियता र सरकारको लाचारीपनको धज्जी उडेको छ । यहाँ विद्यर्थीकोे लागी भनेर पढाई भईरहेको छैन । सरकारले बजेट अधिवेशन आह्वान गरेर ’फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने अडानमा छन् । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ ।यता देशभरको सरकारी विद्यालयका भर्ना अभियान नै ठप्प बन्दा ७० लाख विखर्थीको भविश्य संकटमा छ ।