काठमाडौँ । नेकपा माओवादी केन्द्रको टोली कपिलवस्तु पुगेको छ । जनतासँग माओवाद तराई–मधेश जागरण अभियान’ अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली हिजो साँ झ नै कपिलवस्तु पुगेको छ ।
आज बिहान प्रचण्डसहितको टोलीले बाणगैगा नगरपालिकामा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ । मर्निङ वाकमा पूर्व राष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।