काठमाडौँ । प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक एआईजी मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ रहेका छन् । आज बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा। मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको बताइएको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् ।

उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए । दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक इन्स्पेक्टर बाट प्रहरीमा प्रवेश गरेका थिए । दान बहादुर कार्की, राजन अधिकारी र डा।मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए ।
भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा। केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दान बहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।