काठमाडौँ । सहकारी प्रकरणमा मुछिएका नेपाल सरकारका पुर्व गृहमन्त्री रवि लामिछाने र पुर्वडिजाईजी छविलाल जोशी यतिबेला भैरहवा कारागारका रहेका छन । बुटबलको सुप्रिम सहकारीको बचत रकम अपचलनको आरोपमा उनीहरु यतिबेला थुनामा गएका हुन । गोर्खा मिडिया नेटवर्क सञ्जालन गर्दा साझेदार बनेका रवि र छबि बिचमा अहिले देखेभेट समेत नभएको बुझिएको छ ।
रविलाई कारागारको चार नम्बर ब्लकमा एक्लै राखिएको छ भने छविलाई दुई नम्बरमा । रवि कारागार चलान भएको एक साता बितिसक्दा पनि दुई जनाबीच बोलचाल भएको छैन । कारागार स्रोतका अनुसार छवि डिप्रेशनमा गएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छवि रुपन्देही जिल्ला अदालतको आदेशबमोजिम गत माघदेखि पुर्पक्षका लागि थुनामा छन् भने प्रबन्ध निर्देशक रवि गत हप्ता मात्र कारागारको नयाँ सदस्य बन्न पुगेका हुन् । आफूलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने जिल्लाको आदेशविरुद्ध उच्च अदालत तुल्सीपुरको बुटवल इजलास पुगेका रविलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा गत चैत २२ गते थुनामा पठाउने आदेश भएको थियो । छवि डिप्रेशनमा गएका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छवि रुपन्देही जिल्ला अदालतको आदेशबमोजिम गत माघदेखि पुर्पक्षका लागि थुनामा छन् भने प्रबन्ध निर्देशक रवि गत हप्ता मात्र कारागार चलान भएका हुन । आफूलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने जिल्लाको आदेशविरुद्ध उच्च अदालत तुल्सीपुरको बुटवल इजलास पुगेका रविलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा गत चैत २२ गते थुनामा पठाउने आदेश भएको थियो । छवि डिप्रेशनमा गएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
यता, रविका तत्कालीन पार्टनर छवि पनि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध उच्च पुगेका थिए । दुवै मुद्दालाई न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले एकैठाउँ राखेर सुनुवाइ गरेको थियो । एउटै अभियोगमा एक अभियुक्तलाई कारागार चलान गर्ने र मुख्य अभियुक्तलाई छोड्ने जिल्लाको आदेश मिल्दो नभएको औंल्याउँदै रविलाई पनि थुनामा पठाइएको छ । रवि लामिछाने बिरुद्ध ५ ओटा सहकारीको बचत रकम अपचलन गरेको आरोप रहेको छ । उनको अन्तिम मुद्धा पर्सामा अहिले सम्म पनि दर्ता हुन बाँकी रहेको छ ।