काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिए पछि हंगामा मच्चिएको छ । अहिले रास्वपा प्रतिकुल अवस्थामा गुज्री रहेको बेला पार्टीमा समन्वयकारी भुमिका खेल्नु पर्नेमा उल्टै राजीनामा दिए पछि उनको पार्टी भित्र मात्रै होईन बाहिर पछि आलोचना बढेको छ । अहिले पार्टीका जन्मदाता रवि लामिछाने कारागारमा छन् । उनी आफै तनावपुर्ण अबस्थताथमा छन्,त्यसमाथी लामिछानेलाई रुपन्देहीको गर्मी बरु के पोल्थ्यो र पार्टीको चिन्ताले त्यो भन्दा ४ गुणा बढी पोलेको छ । उनले रवि लामिछाने पार्टी जिम्मेबारीमै फर्किएको दिन उनले राजीनामा बुझाउने तयारी थियो । तर, लामिछानेकै आग्रहमा पछि हटेकी थिईन ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ । श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् ।तर, बास्तवमा उनको पत्रको आशय निकै फरक छ । यस अगाडी शिक्षामन्त्रीको जिम्मेवारी, पार्टीको सहमहामन्त्रकिो जिम्मेवारी लगायत कुरामा उनी आफै अगाडी सरिन्, आफुलाक्ष्ई फाईदा पुग्ने गरि पदहरुको लाभ लिईरहिन र अहिले आएर उनले एक पदको जिम्मेवारी भन्ने पार्टीको कुरा बाहिर ल्याईन । के मन्त्री बन्दै गर्दा सुमनालाई सहमहामन्त्री पनि हुँ भन्ने पनि थाह थिएन र अहिले यसै पनि पार्टी कार्यबहाककै भरमा चलिरहेको छ । झन यो समयमा पार्टी र सभापति लामिछानेलाई साथ दिनु पर्नेमा उल्टै राजीनामा दिनुको के अर्थ रु बास्तबमा भन्ने हो भने सुमनाले महामन्त्री पद नपाए पछि सहमहामन्त्री पद त्यागेको उच्च स्रोतले लालिगुराँस डटकमलाई जानकारुी दिएको छ । तत्कालिन महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट हटाए पछि कविन्द्र बुर्लाकोटिलाई कार्यबहाक महामन्त्रीको जिम्मा दिईयो तर, सुमना आफैले महामन्त्रीको जिम्मेवारी माग गरेकी थिईन ।
त्यो उनले पाईनन् । बुर्लाकोटिको ठाउँमा जान नपाए पछि चिडिएकी सुमनाले आफु मन्त्री समेत भईन, फाईदा उठाईन र राजीनामा दिईन् । एक पदको जिम्मेवारी असहिले त उनले राजीनाको मात्रै बाहाना भएको उनी निकट उच्च स्रोत बताउँछ । उनले यसै पनि महामन्त्रीको दाबेदार आफुलाई बनाई रहेकी छिन् । रास्वपाको अबाके महाधिबेसनमा उमेरद्धर बन्ने चर्चा यस अगाडी पनि थियो । तर, रवि कारागार चलान भए पछि अहिले महाधिबेशन प्रभावित बनेको छ । नयाँ पार्टी नयाँ अपेक्षा भित्र सुमनाको यो ब्यबहारले पार्टीकै नेता कार्यकर्ता पनि असन्तुष्ट छन् ।उनी रास्वपाबाट मन्त्री बन्दा सम्म पार्टीले अपेक्षा गरेजस्तो काम नगरेको पार्टीभित्र गुनासो बढेको थियो । भने रबि लामिछाने लामोसमयसम्म हिरासतमा बस्दा पनि उनी रबिको बिषयमा बोलेकी थिईन । जसले गर्दा पार्टीभित्र उनीको कार्यशैली र पार्टीले दिएको पदको बिषयमा आलोचना पनी भईरहेको थियो ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । अहिले पार्टीलाई सहयोग गर्नेबेला पछि हटेको भन्दै उनको आलोचना बढेको छ । उनको बिषयमा आजको केन्द्रीय समिति बैठकले निर्णय गर्न छ ।