Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवा निवासमा सरकार ढल्ने सुचना चुहाएको भन्दै अचानक सशस्त्र प्रहरीको सेट नै फेरिएपछि...

देउवा निवासमा सरकार ढल्ने सुचना चुहाएको भन्दै अचानक सशस्त्र प्रहरीको सेट नै फेरिएपछि...

काठमाडौँ । काग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा एकाएक शसस्त्र प्रहरीको पुरै सेट नै परिवर्तन गरिएको छ । पछिल्लो समयमा सरकार परिवर्तन हुने कुराले राजनीति तरंगीत भैरहेका बेला र देउवा निवासमा नेताहरुको घुईचो लागिरहेका बेला उनको निवासमा ससस्त्र प्रहरीको सेट नै अचानक परिवर्तन गरिएको हो । स्रोतका अनुसार देउवा निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेत सहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ । देउवालाई दुई दर्जन सशस्त्रको टोलीले सुरक्षा दिँदै आएको छ ।

बूढानीलकण्ठबाट एकाएक सशस्त्रको टोलीलाई परिवर्तन गर्नुका पछाडि धेरै कुरा हुन सक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार पछिल्लो समय सरकार परिवर्तनको हल्ला भइरहँदा नेताहरुको आवतजावत बाक्लिरहेको सन्दर्भमा सूचना चुहिएको आधारमा कारबाही गरिएको हुन सक्ने बुझिएको छ । यसअघि यस्तो हुँदा नेतृत्व फेरिनेमा यसपालि भने टिम नै फेरिएको हो । त्यस्तै पहिले समय पुग्दा अवधि सकिएको व्यक्तिमात्र फेरिने चलन थियो । तर यसपालि भने सिंगो टिम नै फेरिँदा शंका आशंका उब्जिएको छ । स्रोतका अनुसार एकजना सिपाहीबाहेक सशस्त्रका करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेतको स्थानमा नयाँ कमान्डरसहितको टोली देउवा निवासमा तैनाथ भइसकेको छ । सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले देउवा निवासबाट अवधि पुगेका केही सुरक्षाकर्मी परिवर्तन गरिएको पुष्टि गरेका छन् । सशस्त्रकै एकजना अधिकारीका अनुसार यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलै समम्मको सेट परिवर्तन भएको हो ।

एकजनाले गल्ती गरेमा उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको बुझिएको छ । सशस्त्रले यस बिषयमा भने मुख खोलेको छैन न त यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छ । तर, सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समयमा ओली सरकार सँग काग्रेसका नेताहरु पनि निकै रुष्ट देखिएका छन,जसले गर्दा पनि सरकार परिवर्तन हुनसक्ने आँकलन भैरहेको छ ।

हलचोकले सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भीआईपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डीएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो । सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो । डीएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको थियो ।