काठमाडौँ । पछिल्लो समय सरकार ढल्ने कुराले चर्चा पाईरहँदा काँग्रेस भित्रका मुख्य नेता नै प्रधानमन्त्री केपी शर्मा ओली संग चिडिएका छन् । अहिले काँग्रस ईतर पक्षका नेता विशेष गरि गगन थापा ओली सरकारकै बिरुद्ध लागी परेका छन् । कतिपयले गगनले नै सरकार ढाल्न महत्वपुर्ण भूमिका खेलेको बताएका छन् । भाबी सभापतिका दाबेदार गगन अहिले देश दौडाहटमा लबिङमा छन् ।
यता ईतर पक्षबाट डा. शेखर कोईरालाले त सार्वजनिक कार्यक्रममै आफु भावि सभापतिको ृउमेरद्वरका रुपमा परिचित गराउँदै आएका छन। सरकार ढल्ले चर्चाकै बिच सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित रहे पछि तरंग ल्याइदिएको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको संयन्त्रको बैठकमा कांग्रेसका उपसभापति र खड्का र महामन्त्री थापा उपस्थित भएनन् । सरकार गठनको चार महिनापछि सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेले कात्तिक १५ मा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए। ०८४ सम्म मिलेर सरकार चलाउँदै जनताले महसुस गर्नेगरी काम गर्ने यसको उदेश्य थियो। तर, सरकार बनेको नौ महिना नपुग्दै संयन्त्रमा रहेका कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
यता कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले गठबन्धनमा कुनै समस्या नरहेको हुँदा पछिल्लो समयमा नेताहरुका तर्फबाट सार्वजनिक भएका धारणा पनि व्यक्तिगत भएको स्पष्ट पारेका थिए ।अहिले कोईराला , गगन था विश्व प्र्रकाश शमौले त खुलेरै सरकारको आलोचना गरिरहेका छन् । सरकार ट्रयाक्टरको गतिमा हिँडेको, डेलिभरी दिन नसकेको, प्रधानमन्त्रीको ओछ्यानसम्म बिचौलियाको पहुँच पुगेको बताउँदै उनले ओलीको कार्यक्षमता र नियत दुवैमा प्रश्न उठाउँदै गगनले आक्रोस पोख्दै आएका छन् । त्यसैले हिजोको बैठमा गगन र खड्का नगए पछि त्यसले झन संका उत्पन्न गरेको छ । यसले सरकार नै समस्या पर्न लागेको हो कि भन्ने राजनीतिक वृत्तमा देखिएको चर्चालाई भने बल पुगेको छ ।
तर, सभापति देउवाले बाहिरी रुपमा भने सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन् । यता एमालेका नेता भने ससंकित बनेका छन् । उनीहरुले काँग्रस ढल्मलाउने हो कि भन्ने आशंकाका बिच संवादलाई भने बाक्लो बनाएका छन । बहुमतको जग टेकेर सरकार बनाएका ओलीको लगी यो सरकार काम गर्न कम्र्फटेबल नै छ । तर, ओली काँग्रेस नेताको घेराउमा पर्न थालेका छन् । उसो त ओलीलाई काम गर्न कुनै बाधा छैन। दुई ठूला पार्टी मिलेर बनेको सुविधाजनक बहुमतको सरकार छ। तैपनि सरकारका कुनै पनि संरचनाले ठिकसँग काम गरिरहेको छैन । यो बिषयलाई लिएर काँग्रेस नेताहरु आक्रामक छन् ।