काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाह सडकमा आएर सर्वसाधारण सँग कुराकानी गरिरहेको एक भिडियो यतिबेला सामाजिक सञ्जलमा भाइरल भएको छ । बुधबार बाट सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा शाहले महाराजगञ्ज स्थित निर्मल निवास अगाडिको सडकपेटीमा एक युवा सँग कुराकानी गरेको देखिन्छ । जुन भिडियोले अहिले सामाजिक सञ्जलमा तरंग ल्याएको छ,भने सबैको ध्यान पनि तानिरहेको छ । पछिल्लो समयमा पुर्वराजाको सक्रियतालाई लिएर अनेक टिकाटिप्णी भैरहेका बेला यो भिडियोले पुन उनको सक्रियतालाई दर्शाएको छ ।
उनी अब जनता सँग नजिकिन चाहेको र आफनो सक्रियतालाई थप बढाउन खोजेको प्रष्ट बुझिएको छ । नयाँ बर्षको अबसरमा पुर्वराजाले भिडियो जारी गदैँ उनले देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्नेतर्फ आफू सदैव सचेत र संवेदनशील रहेको पनि बताएका थिए । साथै उनको २०८२ साल एक नेपालको इतिहासमा स्मरणीय र सुनौलो सम्झना बन्ने र बनाउन सकिने बताएका थिए । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको भन्दै उनले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्ने धारणा राखेका छन् ।
साथै, आफ्नो आह्वान कसैको निजी स्वार्थपूर्ति, कुनै खालको सैद्धान्तिकवाद वा विचारको निम्ति नरहेको पनि उनले प्रष्ट पारेका छन् । राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको आफ्नो आह्वान गरेको उनले बताएका छन् । उनले नेपाललाई आफ्नै प्रकारको अग्रणी राष्ट्र बनाउन सकिने बताएका छन् । संसार धेरै अगाडि बढिसक्दा पनि नेपाल भने यो वा त्यो वादको चक्रव्यूमा फसिरहेको उनको टिप्पणी रहेको छ । पुर्वराजा शाहले यस अघि पनि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरका एक शुभकामना सन्देश जारी गरेका थिए जुन सन्देशले नेपालको राजनीतिमा हलचल ल्याएको थियो । जसको राप र ताप अहिले सम्म पनि रहेको छ । शाह केही महिना अघि पोखरा बाट काठमाडौँ आउने क्रममा उनको स्वागतका लागि हजारौँ राजावादीहरु विमानस्थल पुगेर उनको स्वागत गरि निर्मल निवास पुर्याएका थिए ।
देशमा यतिबेला आन्दोलन र अराजक गतिविधि झन बढ्दै गएको छ,अर्थतन्त्र चलायमान छैन,युवा पलायन बढेको बढ्यै छ । र राजनीतिक पार्टीहरु प्रति वितृष्ण बढ्दो देखिएको छ जसले गर्दा पनि राजावादीहरु सल्बलाई रहेका छन । चैत १५ गते दुर्गा प्रसाईको नेतृत्वमा राजावादीहरुले प्रर्दशन गरेका थिए । जसले उग्र रुप लिएको थियो र शाहको पनि आलोचना भएको थियो ।