Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय स्वतन्त्र पार्टी को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले दिइन राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले दिइन राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले लाली गुरासँ डटकमलाई जानकारी दिएको छ । तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ । उनी रास्वपाबाट मन्त्री बन्दा सम्म पार्टीले अपेक्षा गरेजस्तो काम नगरेको पार्टीभित्र गुनासो बढेको थियो । भने रबि लामिछाने लामोसमयसम्म हिरासतमा बस्दा पनि उनी रबिको बिषयमा बोलेकी थिईन । जसले गर्दा पार्टीभित्र उनीको कार्यशैली र पार्टीले दिएको पदको बिषयमा आलोचना पनी भईरहेको थियो ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।“पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकट स्रोतले भन्यो, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।”

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि उनले नेपाल फर्कने निर्णय गरेकी थिइन्। नेपाललाई भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको अभाव भएका बेला एक अर्कालाई लिफ्ट माग्ने र दिने ’कारपुल काठमाडौं’ अभियान सुरू गरेकी सुमना त्यसपछि सामाजिक अभियानहरूमा जोडिन थालिन्। उनी २०७८ को निर्वाचनको ६ महिनाअघि देखिमात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकी थिइन्। उनी राजनीतिमा आउनुको पछाडि एउटा संयोग पनि छ। सुमनाले सुरूआतमा राजनीतिको अघिल्लोभन्दा पनि पछिल्लो सिटमा बसेर काम गर्न चाहेकी थिइन्। ललितपुरबाट चुनाव लड्न हौसिएका रास्वपा नेता अरनिको पाँडेको चुनाव अभियानको नेतृत्व सुमनाले काँधमा लिएकी थिइन्। तर जब पाँडे स्वास्थ्यको कारण देखाएर पछि हटे सुमना आफैं राजनीतिमा अघि आइन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि ९बिहीबार० दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ । कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताए । जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।