Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रममन्त्री भण्डारीद्वारा करार श्रमिकलाई नयाँ सालमा अनुपम उपहार

श्रममन्त्री भण्डारीद्वारा करार श्रमिकलाई नयाँ सालमा अनुपम उपहार

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई धन्यवाद ब्यक्त गरेको छ ।

बुधबार मन्त्रालय पुगेर जेटियुसिसी टोलीले योगदानमा आधारित सरकारी करारका कर्मचारीलाई समाजिक सुरक्षा कोषमा आबद्ध गराउने नितिगत ब्यबस्था गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई मन्त्रालयमा भेटेर धन्यवाद दिएका हुन ।

उक्त अवसरमा मन्त्री भण्डारीले राज्यस्तरबाट स्वदेश तथा बिदेशमा कार्यरत नेपाली श्रमिकको उचित सम्मान हुनु पर्ने पक्षमा दत्तचित्त भएर काम गरि रहेको बताएका छन ।

जेटियुसिसीका अध्यक्ष जगत बहादुर सिम्खडाले नया वर्ष २०८२ साल बैशाख १ गते देखि राजपत्र प्रकाशित गरि देशभरी नै स्थानिय, प्रदेश र संघिय कार्यालयहरुमा करारमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा समेटिएको अबसरमा मन्त्रीद्वारा श्रमिकको पक्षमा नितिगत निर्णय गराउन अहम भुमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्न आएको बताए ।

उनले श्रममन्त्री भण्डारी पछिल्लो समय एकपछि अर्को स्वदेश तथा बिदेशमा कार्यरत श्रमिकको हितमा काम गरि रहेको अनुभूत भएको भन्दै खुसी ब्यक्त गरे ।