Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीको ओरालो यात्रा सुरु भएकै हो ?

ओलीको ओरालो यात्रा सुरु भएकै हो ?

काठमाडौँ । कुनै समयमा चर्चाको शिखरमा पुगेका के पी ओलीको ओरालो यात्रा सुरु भएको छ । केही पहिले आइ ल यु के पी बा भनेर नारा लाग्ने गथ्र्यो तर अहिले उक्त अवस्था फेरिदै गएको छ । कुनै जनताका प्रिय ओली अहिले जनताकै निसानामा पर्ने पदैँ आएका छन । यसै बिचमा के पी ओली र देउवा बिचको सत्ता गठबन्धन फेरि धरापमा परेको चर्चा चल्न थालेको छ ।

ओलीको कार्यशैलीलाई लिएर काग्रेसका शिर्ष नेताहरु नै असन्तुष्ट देखिएका छन,जसका कारण पनि ओली नेतृत्वको सरकारमाथि खतराको बादल मडारिएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । काग्रेस र एमाले बिचको गठबन्धनलाई लिएर अनेक टिकाटिप्पणी सुरु भैरहेका बेला सम्बन्ध नै संकटमा परेको स्रोतको दाबी रहेको छ । प्रधानमन्त्री के पी ओलीको कार्यशैलीको तिब्र रुपमा आलोचना सुरु भैरहेका बेला देउवाले नै साथ छोड्ने संकेत गरेका हुन । गठबन्धन भित्र विश्वासको खडेरी पर्दै गएपछि प्रधानमन्त्री ओली पनि शसंकित देखिएका छन । गठबन्धनभित्र विश्वासको खडेरी पर्दै गएपछि प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार साँझ ५ बजे कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि साढे ६ बजे उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन् । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो ।

पछिल्ला केही राजनीतिक परिघटनाका कारणले गठबन्धन भित्र हलचल पैदा भएकाले जुनसुकै बेला पनि विस्फोट हुन सक्ने आकंलन गरिएकोे छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुललमान घिसिङलाई बर्खास्त गरेपछि कांग्रेस भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध भइरहेको छ । घिसिङलाई प्रमुखबाट हटाउन नपर्ने कतिपय कांग्रेस नेताहरुको मत छ । यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही अघि दिएको अभिव्यक्तिले पनि वालुवाटारमा तरंग पैदा गरेको छ । गत चैत्र ३१ मा प्रचण्डले २०८२ सालमा नयाँ सरकार बन्ने ठोकुवा गरेका थिए । सडकमा शिक्षक, राजावादी र चिकित्सकको आन्दालनले पनि सरकारमाथि दबाव थपिएको छ । शिक्षक महासंघको आह्वानमा विगत १५ दिनदेखि शिक्षकहरु पठनपाठन बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बनेकोे छ भने बैशाख ११ मा हुने भनिएको कक्षा १२ को परिक्षा बारे पनि अन्यौल थपिएको छ । ओली नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै कांग्रेसका कतिपय प्रभावशाली नेताहरुले असन्तुष्टि पाखेका छन् ।