Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोकणेश्वरका भिडभाड हुने क्षेत्र सिसि क्यामेराको निगरानीमा

गोकणेश्वरका भिडभाड हुने क्षेत्र सिसि क्यामेराको निगरानीमा

काठमाण्डौको गोकर्णेश्वरका मेयर दिपक रिजालले शान्ति सुरक्षाका विषयमा गज्जबको उपाय अपनाएका छन् ।

गोकर्णेश्वर र जोरपाटि एरियामा जडान गरि निगरानिका लागि प्रहरीको जिम्मा लगाईदिएका छन् ।

यि एरियामा हुने लुटपाट, चोरी डकैति, शान्ति सुरक्षा, लगायतका विषयमा प्रहरी बृत्त बौद्धले निगरानि गर्ने छ । भिडभाड हुने क्षेत्रमा अवैध गतिविधि हुने भएकाले सिसि क्यामेराको निगरानिमा राखिएको हो । जडान गरिएको सिसि क्यामेरा सुरक्षा निगरानिका लागि प्रहरी बृत्त बौद्धलाई हस्तान्तरण गर्दै मेयर रिसालले शिक्षा, स्वास्थ्य भन्दा पहिला मानविय सुरक्षा रहेकाले यसलाई प्रथामिकता दिएको बताएका छन् ।

सबै नागरिकलाई सुरक्षित महसुस गराउनका लागि यसले ठुलो भुमिका खेल्ने बताए ।

काठमाण्डौ प्रहरी प्रमुख विश्व अधिकारीले गोकर्णेश्वरका मेयर दिपक रिसालले प्रहरीको भिजन पुरा गरिदिएको बताएका छन् ।

प्रहरी मेरो साथि अभियानलाई सार्थकता दिलाउनका लागि यसले भुमिका खेल्ने भन्दै प्रशंसा गरे ।

गोकर्णेश्वरका नगरप्रबक्ता नारायण सुवेदीले बौद्ध प्रहरीले अहिले देखाएको शान्ति सुरक्षा चुस्ताताका विषयमा प्रशंसा नै गरे । अहिले प्रहरी बृत्त बौद्धमा डिएसपि जयश्वर रिमाल रहेका छन् ।