Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्वाला सङ्ग्रौला विरुद्ध अवहेलना मुद्दा दर्ता

ज्वाला सङ्ग्रौला विरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य  (ज्वाला) सङ्ग्रौला विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । आफु माथी मुद्धा दर्ता भए पछि सङ्ग्रौलाले सामाजीक सञ्जालमा बोल्न पनि नपाइृने हो भन्दै प्रश्न उठाएकी छिन् । जुनसुकै क्षेत्रको बेथिति बिरुद्द बोल्न पाईने भन्दै उनले आफुले अपराध नगर्ेको दाबी गरेकी टिछन् । उनले आफुमाथी मुद्धा दर्ता भएकाले झन आजबाट  चर्काे आवाजमा बोल्ने बताएकी छिन् । उनले भनेकी छिन् ।

जुनसुकै क्षेत्रको बेथिति बिरुद्द बोल्न पाइन्छ। मैले केहि अपराध गरेको छैन। अदालत जस्तो पबित्र ठाउँको दुरुपयोग गरि देश र जनता बिरुद्द  गलत  निर्णय हुनु हुदैन भनेर आवाज उठाउदा कसैले तर्सनु पर्ने कुनै कारण नै छैन । कतिलाई मुद्दा लगाउने हो? सब ले आजबाट त झन चर्को स्वरमा  आवाज उठाउन सुरु गरिसके!! उनले धनेकी छिन् ।  गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् । ’न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। भन्दै स्ट्याटस लेखेकी थिईन ।

उनले मुद्धा दायरको समाचार पछि पुन अर्काे स्ट्याटसमा भनेकी छिन् ।  अदालतभित्र राजनैतिक सेटिङ्ग हुनु हुदैन, निस्पक्ष न्याय सम्पादन हुनुपर्छ, पार्टीका झोले कार्यकर्ता जस्तो भएर न्यायाधीशले काम गर्नु हुदैन, एउटा आरोपितको फैसलाको कपिपेस्ट जस्ताको तस्तै अर्कोको  केसमा टास्नु ले अदालतको बिस्वसनीयता घट्छ भन्दा कसरी अदालतको  मानहानी भयो? बोल्नै नपाइने भन्ने हुन्छ यो देशमा?? सत्तामा बसेर मनपरी आदेश दिनेहरु र आदेश नमान्दा न्यायाधीश हरु माथी नै महाअभियोग लगाएर हटाउनेहरुले होइन र अदालतको मानहानीको मुद्दा धाउनु पर्ने? यो देशमा जस्ले बेथिती विरुद्ध बोल्छ, त्यस्लाई सिध्याउन लागिपर्ने हरुको एउटा जमात सत्तादेखी सडक सम्म छ। हेरौ, त्यो जमातको दादागिरी कहिले सम्म टिक्ने हो! उनले आक्रोस पोखिन ।

अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले सङ्ग्रौलामाथी अवहेलना मुद्दा दायर गरेका हुन् । सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ । अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग गरेका छन् ।