Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथी कारवाहि गर्न माग

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथी कारवाहि गर्न माग

काठमाडौँ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथी कारवाहिको गर्न माग गरिएको छ । पाण्डे महानगर प्रमुख बालेन शाहका बिश्वासिला पात्र हुन । उनले बालेनको निर्देशन अनुसार नै काम गर्दै आएका थिए । महानगरको प्रशासकिय अधिकृत नियुक्तिको बिषयमा पाण्डेले दखल अन्दाज गरेको भन्दै उपमेयर सुनिता ढङगोल समेत भड्कीएकी थिईन । उनी पाण्डेमाथी नै खनिएकी थिईन ।

स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले   पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।  उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहार आपत्तिजनक रहेको बताईएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले  उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन् ।  स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो । मेयर बालेनसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्ध महानगर बनाउन चाहने प्रतिवद्धता जनाउँदै उनीहरूले मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूबाट वितृष्णा जगाउने र आम कर्मचारीले असहयोग गरेको दिलाउने गरी अफवाह फैलाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।

पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग–संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गर।ेका हुन् । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाए  पछि गुरागाईं बिदामा बसे । पछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । उनले पनि राजीनामा दिए पछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । लामो समय सम्म अधिकृत बिहिन बनदा कर्मचारीले तलब पाएका थिएनन भने महानगरका कामकारबाहि ठप्प बनेका थिए । बालेनले गुरागाईँको सट्टा हर्काे अधिकृत पठाईदिन पटकपटक आग्रह गर्दा पनि सरकारले पठाएन । तर, उपप्रमुख सहित वडाका अध्यक्ष तथा कर्मचारीले जबरजस्र्ती गुरागाईँलाई लैजाने क्रममा पाण्डेले रोकेका थिए । गुरागाईंले नक्सा पास गर्न शंकास्पद भूमिका खेलेको भन्दै बालेनले उनलाई कार्यालय जान नदिए पछि तनाव उत्पन्न भएको हो । बालेनको आदेश मात्रै पाण्डेले मानेको भन्दै उनीमाथी कारवाहिको माग उठेको हो ।