Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ उपत्यकामा अघोषित लोडसेडिङ सुरु,झ्याप्प झयाप्प लाईन जाँदा काम गर्न सास्ती

काठमाडौँ उपत्यकामा अघोषित लोडसेडिङ सुरु,झ्याप्प झयाप्प लाईन जाँदा काम गर्न सास्ती

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा अघोषित लोडसेडिङ भई रहेको छ । विद्युत प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङ हटे संगै लोडसेडिङ पनि बढ्न थालेको छ । अहिले लामो सकय देखी पानि नपर्दा खडेरी परेको थियो । हिजो देखी मात्रै केहि ठाउँमा पानी परिरहेको छ । तर, यो पानीले विद्युत उत्पादनका लागी खासै महत्व राख्दैन । लामा्े समय देखी पानी नपर्दा जलविद्युत आयोजनामा विद्युत उत्पादन पर्याप्त हुदैन ।

त्यसैले नेपालले प्रत्यक हिउँदमा भारतबाट आयात गर्ने र बर्खामा भारत र बैगलादेशमा बिद्युत निर्यात गर्दै आएको छ । कुलमान घिसिङलाई हटाउनु भन्दा केहि समय देखी नै बत्ति जाने आउने भने गरिरहेको थियो । स्रोतका अनुसार कुलमानलाई खोट देखाउन र पदबाट हटाउन सरकार र उर्जामन्त्रीले नै भारत संग पहल नगरेको पाईएको छ । अझ उर्जामन्त्री दिपक खड्काले त पटक पटक देशलाई कुलमानले नभई भारतले लोडसेडिङमुक्त गराएको सार्वजनीक कार्यक्रम तथा प्रतिनिधि सभामै बताउँदै आएका छन् । अझै पनि उनी कुलमानको महनतलाई स्विकार गरिरहेका छैनन ।

कुलमानलाई प्राधिकरणबाट हटाएर ओलीका बिश्वासपात्र हितेन्द्र देब शाक्यलाई नियुक्त गरेपनि समस्या समाधान भएको छेन । आजभोली अझ धेरै उपत्यकामा लोडसेडिङ हुन थालेको छ । तर, प्राधिकरण भने लोडसेडिङ भएका्े मान्न तयार छैन । किनकी उनीहरुले सबै दोष कुलमानलाई थोपारि रहेका छन् । दैनिक १८ घण्टा सम्म लोडसेडिङ खपेका नेपाली जनताले कुलमान आए संगै उज्यालो नेपाल देखेका हुन् । जलस्रोतको धनी देशमा करिब आठ वर्षअघिसम्म हिउँदमा १८ घण्टा र बर्खामा पनि ९ घण्टा लोडसेडिङ हुनु आम विषयजस्तै थियो । लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो । कुलमानलाई आज पनि धेरै नेपाली जनताले उज्यालो नेपालका पिताका रुपमा मान्ने गरेका छन् ।

तर, सरकार तथा उर्जामन्त्री खड्काले आफ्नो स्वार्थ अनुसार कार्यकाल सकिन ४ महिना मात्रै बाँकी हुदाँ घिसिङलाई निकालेका हुन् । यसै पनि ओली कुलमान घिसिङलाई मन पराउँदैनन । उनी आफैले लोडसेडिङ हटाएको भन्न सम्म भ्याउँछन् । तर, अहिले भारतबाट आवश्यकता अनुसार विद्युत निर्यात नहुदा बत्ति जाने आउने भइृ रहेको छ । धेरै जनताले अघोषित लोडसेडिङको अनुमान गरिरहदाँ प्राधिकरण आफु नाङगो हुनबाट जोगिन वत्ति बनाउने र कतै ट्रान्समिटर पड्कीदा बत्ति गएको दाबी गर्छ । बाहिर हल्ला फैलिए जस्तो लोडसेडिङ नभएको प्राधिकरण स्रोतको दाबी छ । सुख्खायाममा लोड व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको ऊर्जा मन्त्रालयका कर्मचारीले बताएका छन् ।