काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नौ दिनपछि आज बिहीबार कार्यालय गएका छन । मेयर बालेन आज एकैछिन कार्यालय आएर निस्किएको महानगर स्रोत बताएको छ तर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको बताएका छन । उनले बालेन कार्यालयमा रहेको र कतै नगएको जिकिर गरेका हुन । बालेन शाह केही दिन अघि बिदा मनाउन काठमाडौँ बाहिर गएका थिए उनी काभ्रको धुलिखेल हुँदै भीमस्थानमा पुगेर दर्शन गरेर फर्किएका हुन । काठमार्डौँ महानगरमा बिवाद हुँदा बालेन भने कार्यालय गएका थिएनन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए ।
महानगर प्रहरी बलको अवरोधका बाबजुद उनलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षसम्म पु¥याएका थिए । काठमाडौँ टावरको बिषयलाई बालेन र सरोज गुरागाई बिचमा टसल अझै जारी रहेको छ । गुरागाईलाई भष्टचारको आरोप लगाउँदै बालेनले उनलाई महानगर प्रवेशमा रोक लगाएका थिए । तर उनलाई उपमेयर सुनिला डंगोलले कार्यालय प्रवेश गराएकी हुन । यता पेसागत संगठनले मेयर (बालेन)का स्वकीय सचिव भूपदेव शाहमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।स्वकीय सचिवका नाममा सचिवालयका कर्मचारीले अनधिकृत रूपमा सञ्चारमाध्यममार्फत उपमेयर र वडाध्यक्षलाई लाञ्छित गरेको भन्दै उनीहरूले शाहमाथि कारबाहीको माग गरेका हुन् ।
अनधिकृत व्यक्तिले मौखिक आदेश दिने, त्यस्तो आदेश नमान्ने कर्मचारीलाई अपमानित गर्ने, धम्क्याउने प्रवृत्ति बढ्दै गएकाले यस्तो प्रवृत्ति व्यावहारिक रूपमा नै अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । अड्डा प्रशासनलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत कानुनसम्मत ढंगले सञ्चालन गर्ने वातावरण निर्माण गर्न उनीहरूले माग गरेका हुन । भूपदेवले गत चैत २१ गते महानगरका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराउन भूमिका खेल्ने सबैलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने चेतावनी दिँदै अभिव्यक्ति दिएका थिए । यस्तै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेमाथी कारवाहिको गर्न माग गरिएको छ ।
पाण्डे महानगर प्रमुख बालेन शाहका बिश्वासिला पात्र हुन । उनले बालेनको निर्देशन अनुसार नै काम गर्दै आएका थिए । महानगरको प्रशासकिय अधिकृत नियुक्तिको बिषयमा पाण्डेले दखल अन्दाज गरेको भन्दै उपमेयर सुनिता ढङगोल समेत भड्कीएकी थिईन । छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ । उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहार आपत्तिजनक रहेको बताईएको छ ।