Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने माथि राज्यले प्रतिशोध साँधेको रास्वपाको निष्कर्ष,दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएको ठहर

रवि लामिछाने माथि राज्यले प्रतिशोध साँधेको रास्वपाको निष्कर्ष,दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएको ठहर

काठमाडौँ । रास्वपा पार्टीले रवि लामिछानेमाथि सरकारले निर्मम भएर प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले लामिछानेलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गरिएको भन्दै उनको दुई दिन तीन रातको हिरासत बसाइ गैरकानुनी भएको समेत ठहर गरेको हो । रवि सहकारी प्रकरणमा यतिबेला भैरहवा कारागारमा रहेका छन । उनलाई गत शुक्रवार प्रहरीले राति नै पक्राउ गरेको थियो ।

प्रहरीले निवासमा सभापतिमाथि गरेको गैरकानुनी र अमर्यादित व्यवहारले राज्यले निर्मम प्रतिशोध साधेको पुष्टि भएको रास्वपाको निष्कर्ष छ । चैत २२ राति पक्राउ गरिएका लामिछानेलाई २५ गते मात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएकाले उनको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध भएको दाबी पनि रास्वपाले गरेको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै पठाउन आदेश दिएलगत्तै चैत २२ गते राति रविलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरमै गएर पक्राउ गरेको थियो भने त्यस (शुक्रबार) रात काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखी भोलिपल्ट (चैत २३ गते) बिहान रुपन्देही प्रहरी कार्यालय पु¥याइएको थियो। तर भोलिपल्ट शनिबार र आइतबार पनि सार्वजनिक बिदा परेकाले रविलाई पर्सिपल्ट सोमबार मात्र रुपन्देही अदालत पेस गरी थुनुवा पुर्जी लिएर जिल्ला कारागार चलान गरिएको थियो ।