काठमाडौँ । नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा आगजनी, तोडफोडमा संलग्न तथा ललितपुर महानगरपालिका २७ बस्ने वर्ष ५३ को कमल कुमार विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसूरमा २० दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
गत चैत १५ गते तीनकुनेमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’को आयोजनामा भएको प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । विष्टलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । साथै उनको फेसबुक पेजमा ‘नेपाल श्रीलंका, बंगलादेशको मोडलमा अगाडी बढ्नु पर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्ति लेखेको पाइएको छ । पछिल्लो समयमा तीन कुने घटनामा संलग्नलाई नेपाल प्रहरीले धमाधम समातिरहेको छ ।
सिसी क्यामेरा तथा सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुको आधारमा तोड्फोड्मा संलग्न भएकाहरुलाई समातिरहेको छ । यता राजावादीको कमान्डर बनेर फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने यतिबेला कहाँ रहेका छन अत्तोपत्तो छैन तर आन्दोलनमा सहभागी भएकाहरु भने धमाधम समातिरहेका छन ।बेला बेला सामाजिक सञ्जालमा आउने दुर्गाले हिज पनि एउटा भिडियो सन्देश मार्फत आफु नभागेको बताइरहेका छन । साथै उनले राज्यले आफुलाई सुरक्षा दिएको खण्डमा २४ घन्टा भित्रमा बाहिर निस्कने बताएका हुन ।यता उक्त आन्दोलन भड्काउँन कमान्डर दुर्गा प्रसाईं मुख्य रहेको सरकारले निस्कर्ष निकालि सकेको छ । पनि प्रसाईंकै कारण आन्दोलन भड्किएको पनि बताइएको हो । सार्वजनिक भिडिओमा समेत प्रसाईंले सुरक्षाकर्मीलाई गाडीले पेल्दै अघि बढेको देखिन्छ । आओ–आओ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ ।