Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजसंस्था पुनःस्थापनाका संयोजक जगमान गुरुङको यस्तो चेतावनी,सामूहिक गिरफ्तारी दिने

राजसंस्था पुनःस्थापनाका संयोजक जगमान गुरुङको यस्तो चेतावनी,सामूहिक गिरफ्तारी दिने

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरेका छन । तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताएका छन । राजावादी प्रदर्शनका क्रममा उदण्डता मच्याउने अन्य ब्यक्ति पनि धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले सिसिक्यामरा तथा सामाजीक सञ्जालमा पोष्ट भएका भिडियोे तथा फुटेजका आधारमा खोजी कार्यलाई बढाएका छन् । अहिले पनि धमाधम अराजक गतिविधि गर्ने ब्यक्ति पक्राउ परिरहेका छन् । गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस् । आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारेका छन ।

गुरुङले थपे, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ ।’ तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताएका छन । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’ उनले भनेका छन । यता गत चैत्र १५ गतेको राजावादी प्रदर्शनमा उत्तेजक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएाके छ । उनीहरु सहित राजावादी प्रदर्शनमा पक्राउ परेका अन्य २० जनालाई पनि १५ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ । आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।