काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष वा प्रधानमन्त्री लिन आग्रह गरेको बिषय यतिबेला सतहमा आएको छ । भण्डारीलाई पार्टीमा फर्काउन ओलीले त्यति इच्छा देखाउने गरेका छैनन तर भण्डारीको सक्रियता बढेपछि र गुट पनि निमार्ण हुने भयले पछिल्लो समयमा ओलीले ग्रिन सिग्नल अध्यक्ष तथा प्रधानमन्त्रीको पदको लागि दिदै आएका छन ।
गत फागुन ४ गते ओलीले बालुवाटारमा निम्ता गरेर भण्डारीसँग लगातार ६–७ घण्टा छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ । त्यसलगत्तै आमनिर्वाचन हुने भएकाले भण्डारीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोजेर सर्वसम्मत प्रस्ताव गर्ने र नहतारिन सुझाएको समेत खुल्न आएको छ । त्यसक्रममा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट र संवाद जारी राखेर क्रियाशील भइराखे पनि आफूलाई नेतृत्वका आकांक्षीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका थिए । माओवादीमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन औपचारिक रूपमा पार्टी राजनीतिमा ‘कमब्याक’ भएका छन् । जसले गर्दा पनि भण्डारीलाई सहज भएको छ ।
एमालेको राजनीतिलाई नजिकबाट बुझेकाहरु चाहिँ के कुरामा प्रष्ट छन् भने– विद्या भण्डारी एमालेको नेतृत्वमा फर्किने कुरा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाबेगर सम्भव छैन । ओलीले चाहेरै भण्डारी एमालेको अध्यक्ष र देशको पहिलो महिला प्रधानमन्त्री बन्ने हो । यतिबेला एमालेमा बिद्याले पनि आफनो सक्रियता बढाउदै लगेकी छिन उनी पछिल्लो समयमा सार्वजनिक कार्यक्रमामा जाने गरेकी छिन । ओलीले एकलौटी बनाएको नेकपा एमालेमा कुनै गुट नहोस र आफु बिरुद्ध कोही नलागोस भनेर नै उनले भीम रावलाई त पार्टी बाटै निकालेका थिए । ओलीले एमालेमा गुट नभएको दाबी गरेपनि यतिबेला ओली बिरुद्धको गुट निकै फस्टाएको देखिन्छ ।
ओलीसँग प्रतिस्पर्धा गर्नका लागि विद्या भण्डारी एमालेको राजनीतिमा फर्किने होइन भन्नेमा कम्तिमा एमाले बुझेकाहरु विश्वस्त छन् । किनकी भेट्न जानेहरुलाई पनि विद्या भण्डारीले अहिले एमाले पार्टी र यसको मूल नेतृत्वविरुद्ध घेराबन्दी भएकाले कतिपय असन्तुष्टि भए पनि बाहिर नलैजान सुझाव दिने गरेकी छन् । सातवटै प्रदेशको दौडाहामा रहेकी पूर्वराष्ट्रपति भण्डारीले पछिल्लोपटक १४ देखि १७ चैतसम्म लुम्बिनी प्रदेश भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनले प्रदेशका नेता–कार्यकर्तासँग भेटघाट गरेकी थिइन् । अघिल्लो वर्ष कर्णालीबाट भ्रमण सुरु गरेकी उनी यसबिचमै कोशी र गण्डकी प्रदेश गएकी थिइन् ।