Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुन इन्धन वितरण,बालबालिकाको समेत दुरुपयोग

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुन इन्धन वितरण,बालबालिकाको समेत दुरुपयोग

काठमाडौँ । सिराहा जिल्लामा केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन नेता तथा कार्यकर्तालाई इन्धन बाँडेको खुलेको छ । एमाले अध्यक्ष समेत रहेका के पी ओलीकोे कार्यक्रममा सहभागी हुनु भन्दै इन्धन बाँडिएको बताइएको खुलासा भएको हो । त्यति मात्र नभई उक्त कार्यक्रममा बालबालिकको समेत प्रयोग गरिएको थियो भने ओली आउँने भएपछि क्याम्पस नै बन्द गरिएको थियो । ओली हिज मंगलबार सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पुगेका थिए । मोटरसाइकललाई २ लिटरसम्म, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको छ ।

तर, यो इन्धन पार्टीले नभई सरकारी स्रोतमा इन्धन वितरण गरिएको पाइएको छ । जिल्लाका एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाता चल्दै आएको पेट्रोल पम्पहरूबाट इन्धन बाँडेको पाइएको हो । यतिबेला यस कार्यको सामाजिक सञ्जालमा चर्को बिरोध भैरहेको छ । ओली उक्त कार्यक्रममा सहभागी हुनका लागि हेलिकप्टर मार्फत पुगेका थिए ।

सिरहामा जम्मा १७ वटा स्थानीय तह छन् । जसमध्ये गोलबजार, सिरहा, धनगढीमाई, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिका तथा नरहा, विष्णुपुर र भगवानपुर गाउँपालिका गरी ९ वटा स्थानीय तह एमालेले जितेको छ । यति मात्र नभई एमालेको यो कार्यक्रममा सरकारी सवारीसाधन पनि व्यापक दुरुपयोग भएको पाइएको छ । राजनीतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालबालिकालाई कार्यक्रम प्रयोग गरिएको थियो । बसमा बालबालिकाहरुलाई काचेर ओली सहभागी भएको उक्त कार्यक्रममा लगिएको हो । यसअघि गत पुस १४ गते प्रधानमन्त्री ओली पर्सामा गएको कार्यक्रमको लागिपनि इन्धन बाँडिएको समाचार आएको थियो । प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जाँदा गाउँगाउँमा तेलको कुपन बाँडिएको समाचार आएको थियो ।

यस्तै, पार्टीको कार्यक्रमका लागि सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस नै मंगलबार बन्द गराइएको थियो । क्याम्पस प्रमुख राजेश्वर यादवले प्रधानमन्त्रीको कार्यक्रम भएकाले क्याम्पस बिदा गरिएको बताएका छन । यता आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् । साहले तत्काल अख्तियारले यो विषयमा छानबिन गरी कारबाही गरेर आफ्नो संस्थाको साख जोगाउनुपर्ने सुझाव दिएका छन् । राज्यको स्रोत र साधन दुरुपयोग गरेर पार्टीको कार्यक्रममा भीड देखाउन यस्तो कार्य गरिनु गलत भएको साहको भनाई छ ।