Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भैरहवामा रवि लामिछाने बसेको कारागार नै असुरक्षित,भत्कन सक्ने डर,आवश्यक भन्दा बढी कैदीबन्दी

भैरहवामा रवि लामिछाने बसेको कारागार नै असुरक्षित,भत्कन सक्ने डर,आवश्यक भन्दा बढी कैदीबन्दी

काठमाडौँ । रवि लामिछाने यतिबेला भैरहवा कारागारमा रहेका छन । रुपन्देही जिल्लाको बुटबलमा अबस्थित रहेको सुप्रिम सहकारीको बचल रकम अपचलन गरेको आरोप उनी माथि रहको छ । जिल्लाको आदेश उल्टिएपछि उनी कारागार चलान भएका हुन । लामिछाने ९१ बर्षअघि बनाइएको कारागार (जेल)मा बसेका छन । बि.सं १९९० सालमा निमार्ण गरिएको यो कारागार ९१ बर्ष पुरानो रहेको छ । रवि लामिछानेलाई यहीँ कारागारको ब्लक नं ४ मा राखिएको छ,जहाँ उनी एक्लै रहेका छन । भवन जीर्ण बनेकाले ठाउँ–ठाउँमा भत्किने, चुहिने र बिरुवा उम्रिने समेत गरेका गरेका छन ।

उक्त कारागार परिसरमा चारैतर्फ सुरक्षा पर्खाल नहुँदा सुरक्षा अवस्था पनि निकै संवेदनशील बनेको छ । सामान्य जालीले कारागारलाई घेरिएको छ । काँडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट आपराधिक क्रियाकलाप हुनसक्ने जोखिम रहेको छ ।

कारागार मर्मत गरी सुरक्षा व्यवस्था बलियो बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान जाने गरेको छैन । कारागार भित्र कहिलेकाहीँ त राख्ने ठाउँ नभएर प्रहरी कार्यालयहरुमा लगिने समेत बताइएको छ । कारागारलाई सुरक्षा पर्खाल लगाएर वा अन्यत्र स्थानान्तरण गर्न भनेर कारागार व्यवस्थापन विभागसँग पत्राचार भएको थियो तर कुनै चासो भने दिएको छैन ।

जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले समेत व्यवस्थापनमा समस्या देखिने गरेको छ । क्षमताभन्दा चार गुणा बढी कैदी हुँदा महामारीजन्य रोगको जोखिम बढेको थियो भने आन्तरिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ । कैदीको चापले बेलाबेलामा कदी बन्दीबिचमै झै झगडा समेत हुने गरेको छ।

अहिलेको चर्को गर्मीले झन् बढी समस्या निम्त्याएको कारागार व्यवस्थापनले जनाएको छ। साँघुरो भवनमा भेडाबाख्रा जस्तै अत्यधिक कैदीबन्दी राख्ने गरिएको छ । कारागारको क्षमता एक सय जनाको हो ।

तर, दैनिक चार सय ५० देखि पाँच सय जनासम्मको सङ्ख्यामा राख्ने गरिएको छ । अहिले भैरहवा कारागारमा ५९४ कैदीबन्दी रहेका छन् । सानो ठाउँमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दीबिच आपसमा कहिलेकाँही कुटपिट हुने गरेको बताइन्छ । मिलाएर राख्दाराख्दै पनि सबैको चित्त बुझाउन नसकिने भएपछि कैदी बन्दीबिच आपसमा झैझगडा र मारपिट हुने खतरा तथा सम्भावना जहिले पनि रहन्छ । कारागार प्रशासनका अनुसार कोचाकोच गरेर एकै ठाउँमा राख्नुपर्दा उनीहरुमा छालाको सङ्क्रमण र भाइरल ज्वरोको प्रकोप देखिने गरेका उदाहरण रहेका छन ।