काठमाडौँ । गत चैत्र १५ गतेको राजावादी प्रदर्शनमा उत्तेजक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएाके छ । उनीहरु सहित राजावादी प्रदर्शनमा पक्राउ परेका अन्य २० जनालाई पनि १५ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।
राजावादी प्रदर्शनका क्रममा उदण्डता मच्याउने अन्य ब्यक्ति पनि धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले सिसिक्यामरा तथा सामाजीक सञ्जालमा पोष्ट भएका भिडियोे तथा फुटेजका आधारमा खोजी कार्यलाई बढाएका छन् । अहिले पनि धमाधम अराजक गतिविधि गर्ने ब्यक्ति पक्राउ परिरहेका छन् । प्क्राउ परेका मिश्र सहितका थुनुवा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । त्यस्तै अदालतले तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरेर आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरू अन्य ब्यक्तिहरु माथि थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् । प्रदर्शनमा एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजक र सवारी चालक सविन महर्जनको मृत्यु भएको थियो । रजकको राजावादीका प्रदर्शनकारीले लगाएाके आगोमा परेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रदर्शनका क्रममा भाटभटेनीमा समेत ढुङगा मुडा र चोरी भएको थियो । प्रदर्शनकारीले तिनकुने क्षेत्रमा आग्जानी तथा जडिबुटी प्रशोधन केन्द्रमा समेत आगो लगाएर ध्वस्त बनाएका थिए । यता घटनाका मुऋय नाईके दुर्गा प्रसाई अहिले सम्म फरार छन् ।
उनी भारत भागेको अनुमान गरिएको छ । नेपाल प्रहरीको एक टोली पनि यतिबेला भारतमै छ । तर, प्रसाई हात पर्न सकेका छैनन । राजावादीहरले १५ गते बितण्डा मच्याए पछि राप्रपाको आजको कार्यक्रममा भने सुरक्षा सर्तकता अपनाईएको छ । भारी मात्रामा सुरक्षाकर्मी खटाईएको छ । १५ गतेको राजावादीको आन्दोलनमा सुरक्षा दिन चुकेको प्रहरी आज हाई अलर्टमा राखीएको छ । १५ गतेको प्रदर्शनमा सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन नसक्दा मानविय क्षति तथा भौतिक क्षति दुबै भएको थियो । त्यस्ैले सम्भावित घटनालाइृ मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको हो ।