Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरका सबै कर्मचारीले पाए ५ महिना पछि तलब

काठमाडौँ महानगरका सबै कर्मचारीले पाए ५ महिना पछि तलब

तीन महिनादेखि तलबविहीन काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)देखि कर्मचारीसम्मका खातामा तलब गएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि आज कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए । महानगरका मेयर बालेनको अघोषित निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत पुस ८ गतेदेखि पटक–पटक कार्यालयमा हाजिर हुने कोसिस गरिरहेका थिए ।

तर, बालेनको निर्देशनमा कार्यालय प्रवेशमा रोक लाग्दै आएको थियो ।  ३ महिना देखी तलब नपाएको भन्दै बालेनले संघिय सरकार संग अधिकृत पठाउन माग गरेका थिए । तर, गुराँगाईलाई फिर्ता ल्याउने पक्षमा बालेन थिएनन् । जबरजस्ती उपमेयर सुनिता ढंगोल र वडा अध्यक्षहरु तथा कर्मचारी मिलेर गुरागाँईलाई लगे पछि महानगरमा लफडा पनि परेको थियो । यता बालेन भने गुरागाईलाई कार्यालयमा लगे देखि नै कार्यालयमा गएका छैनन । उनी बिदामा बसेको बताईन्छ । महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ र क्षेत्रफल २३–५–३–३ रहेको जमिनमा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको आरोपमा गुरागाईं छानबिनमा तानिएका थिए ।कार्यपालिका बैठकबिनै बालेनकै निर्देशनमा तीनवटा छानबिन समिति बन्यो । तर, तीनैवटा समितिले गुरागाईंमाथिको आरोप पुष्टि गर्न नसकेको भन्दै गुरागाईँलाई जबरजस्ती बिहिबार महानगरमा लगियो ।त्यो दिन उनलाई महानगरको कार्यकक्षमा छिर्न नदिन महानगर प्रहरी तैनाथ थिए ।

तर, उनीहरुको कर्मचारीका अगाडी केहि जोड चलेन । तर अहिले गुरागाईंलाई कार्यालयमा जान कुनै रोकतोक नभएको काफ्लेको भनाई छ । जवरजस्ती लगिएका गुरागाईँ बालेन संगै मिलेर काम गर्ने बताउँछन्  ।    यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरमा हाजिर गराउन पटक–पटक ताकेता गर्दै आएको थियो । तर, मेयर बालेनले भ्रष्टाचारको आरोप लगाउँदै गुरागाईंलाई कुनै पनि हालतमा हाजिर हुन नदिने अडान लिँदै आएका थिए ।  गत बिहीबार महानगरका कर्मचारी र जनप्रतिनिधिका साथले गुरागाईं कार्यालय हाजिर भए ।  महानगरका करीब पाँच हजार जनप्रतिनिधि र कर्मचारीले तीन महिना बढीदेखि तलब पाएका थिएनन् । भुक्तानीका लागि रोकिएका फाइल पनि अघि बढेको महानगरले जनाएको छ ।