Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको जिल्लाको आदेश उल्टाएर जेल पठाउँने रमेश ढकाल र स्वीकृति पराजुली को हुन ?

रवि लामिछानेको जिल्लाको आदेश उल्टाएर जेल पठाउँने रमेश ढकाल र स्वीकृति पराजुली को हुन ?

काठमाडौँ । गत शुक्रवार रवि लामिछानेलाई जेल पठाउँने आदेश आएसँगै यतिबेला फेरि नेपालको राजनीति तातेको छ । सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लागेका उनै रवि यतिबेला कारागार चलान भएका छन । शुक्रबार उच्च अदालतले लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्नका लागि दिएको आदेश उल्टाएर पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्लाको उक्त आदेशलाई उल्ट्याउँदै उच्चका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश ढकाल यही पुस १२ गतेमात्र उच्च अदालत पाटनबाट तुलसीपुर सरुवा भएका हुन् । पुसमा न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा तथा काज गरेको थियो । उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको थियो जसमा न्यायाधीश रमेश ढकाल पनि परेका थिए । न्यायाधीश ढकालले जिल्ला अदालतले जनकपुर बम विस्फोट प्रकरणमा दोषी ठहर गरेर जन्मकैदको सजाय सुनाएका गुण्डानाइके टक्ला भनिने सन्जय साहको जन्मकैद मिनाहा गरेर जम्मा ७ बर्ष कैद हुने गरि जिल्लाको फैसला उल्टाएका थिए । यता अदालतले रवि लामिछानेलाई थुनामा पठाउन दिएको आदेश र सन्दीप लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको अधिकांश खण्ड हुबहु मिलेको छ । बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गरेको आदेश र सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको आदेशको अधिकांश भाग हुबहु मिलेको पाइएको हो । सन्दीप लामिछानेको मुद्दाको आदेश पनि उनै न्यायाधीश छन् रमेश ढकालले लेखेका थिए ।

यस्तै स्वीकृति पराजुली २०८० भदौ ३१ गते जिल्ला न्यायाधीशबाट उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएका हुन् । उनी उच्चमा नियुक्ति भएसँगै २०८० असोज २ गते नै तुलसीपुर इजलासमा पदस्थापन भएका थिए ।

शुक्रबार न्यायाधीशद्वयको इजलासमा रवि लामिछाने र छविलाल जोशीको मात्रै मुद्दा परेको थियो । उक्त इजलासले छविलाल जोशीलाई जिल्ला अदालतको फैसलालाई सदर गर्दै थुनामै राख्ने आदेश दिएको हो भने लामिछानेसहितको दुवै मुद्दामा भने जिल्लाको फैसला बदर गर्दै थुनामा पठाएको हो । उनलाई जिल्ला कारागार भैरहवा,रुपन्देहीमा राखिएको हो । आज कार्यालय समय सुरू भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएको थियो । त्यसपछि अदालतको पत्र लिएर उनलाई कारागार पठाइएको छ । उनलाई कारागारमा एक्लै राखिएको छ । कारागारको ४ नम्बर ब्लकमा राखिएको बताइएको छ ।