Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्ञानेन्द्र शाही रवि लामिछानेको पक्षमा फेरि उभिए ,ओलिलाई भने: यो खेल सधै चल्दैन

ज्ञानेन्द्र शाही रवि लामिछानेको पक्षमा फेरि उभिए ,ओलिलाई भने: यो खेल सधै चल्दैन

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि राप्रपा प्रवक्ता तथा नेता ज्ञानेन्द्र शाहीले असन्तुष्टि व्यक्त गरेका छन । उनले यो खेल सधैं नचल्ने बताउँदै भष्ट्रहरुको समाज्य छिट्टै ढल्ने बताएका छन । उनले सत्यको ज्वाला बल्ने र अन्धकार हट्ने बताउँदै जनताको आँसुको हिसाब एक दिन दिनुपर्ने जिकीर समेत गरेका छन । शाहीले सामाजिक सञ्जालमा लेखेका छन,

सत्यको मुख थुन,

झुटको गीत गाऊ।

बेइमानीको पूजा गर

नैतिकताको खिल्ली उडाऊ।।

क्रान्तिकारीको नाराले,

जनतालाई उल्लु बनाऊ।

पापीहरूको शासनमा,

इमान्दारहरुलाई रुवाऊ।।

गरिबहरुलाई चुस्दै,

तिजोरीहरु भर ।

न्यायको आँखा फोडिदेऊ

कानहरू बन्द गर,।

भ्रष्टहरूको जयजयकार गर्दै

, सत्ताको भोग गर।।

तर याद राख, यो खेल सधैं चलिरहने छैन,

सत्यको ज्वाला बल्नेछ, अन्धकार हट्नेछ।

जनताको आँसुको हिसाब, तिमीले दिनुपर्नेछ,

भ्रष्टहरूको साम्राज्य, ढल्ने दिन चाँडै आउनेछ। भन्दै लेखेका छन । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रवार राति नै पक्राउ गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले त्यही राति पक्राउ गरेको थियो ।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए। तर सोही प्रकरणका अर्का अभियुक्त छविलाल जोशीलाई भने थुनामा पठाउन आदेश दिएको थियो। यसपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। यसमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार रविलाई थुनामा पठाउन आदेश दिएको हो।

अदालतको आदेशलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अब उनलाई रुपन्देही लगिएको छ । आज बिहानै उनलाई हवाई मार्फत रुपन्देही पुर्याएको छ । आज भोली बिदा रहेकाले उनलाई २ दिन रुपन्देही प्रहरीको हिरासतमा राखिने भएको छ । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।