काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने लाई पक्राउ गर्न घरमै पुगेका एक जना डीएसपीले रविको ‘अन्तिम इच्छा’ के छ भनेर सोधेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ । शुक्रवार राति पक्राउ गर्न आदेश आएको केही घन्टामै घरमै पुगेको प्रहरीका डीएसपी दिपक खड्काले बोलेको उक्त भिडियोको यतिबेला चौतर्फी आलोचना भैरहेको छ । काठमाडौँको बुढानिलकण्ठ स्थित रविको घरमा पुगेका डीएसपी दीपक खड्काले ‘अन्तिम इच्छा’ पूरा गर्न दिने भनेपछि विवाद भएको थियो । कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनलाई ¥याख¥याखती पारिरहेका छन्।
पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्नेलगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको स्पष्टीकरण दिएका थिए । यता रवि लामिछानेलाई राति नै पक्राउ गर्न प्रहरी पुगेपछि तिब्र रुपमा प्रहरीको आलोचना समेत भैरहेको छ । यता रवि लामिछानेलाई पक्राउ पूर्जिबिनै पक्राउ गर्न आएको र घरको बेडरूमभित्र पसेर प्रहरीले पूर्जी बनाएकोप्रति समेत प्रश्न उठेको छ । घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानूनी कुराको रास्वपाले भत्र्सना समेत गरेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् । उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ । यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए । आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देह लगिएको छ ।
लामिछानेलाई शनिबार बिहान विमानमार्फत भैरहवा लगिएको हो । अदालतको आदेशअनुसार लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न भैरहवा लगिएको हो । लामिछानेलाई रुपन्देहीमा दुई दिन प्रहरी हिरासतमै राखिनेछ । सार्वजनिक बिदाका कारण शनिबार र आइतबार अदालत नखुल्ने भएकाले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए । लामिछाने शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । त्यसपछि लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित हिरासतमा राखेको थियो ।
https://www.facebook.com/share/v/15rtxGu7KE/