Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सबैलाइ रुवाउँनेउने दृश्य : बालेन, रवि, कुलमान जस्तालाई काम गर्न नदिने मेरो देशमा हामी जस्ता युवाले कसरी गरी खानु ?

सबैलाइ रुवाउँनेउने दृश्य : बालेन, रवि, कुलमान जस्तालाई काम गर्न नदिने मेरो देशमा हामी जस्ता युवाले कसरी गरी खानु ?

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको एउटा दृश्यले सबैको ध्यान तानेको छ । उदयपुरको कटारी ४ मा रहेको त्रिवेणी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको निकै सटीक तर भावनात्मक सन्देशले यतिबेला सबेको हदृय छोएको छ । कक्षा १२ को पढाई र परीक्षा सकिएको दिन त्रिवेणी माविका विद्यार्थीहरु सम्झनाका लागि कलेजको पोशाकमा साथीका लागि आफ्नो भावना शब्दमार्फत पोखिरहेका छन ।

सोही क्रममा एक विद्यार्थी समिर विष्टले साथी कल्याण कार्कीको सर्टमा लेखे, ‘बालेन, रवि, कुलमान जस्तालाई काम गर्न नदिने मेरो देशमा हामी जस्ता युवाले कसरी गरी खानु ?’यो भनाई सटीक तर सत्य रहेको छ । यो सन्देशलाई अहिलेको नेपालको राजनीतिक चित्रको रुपमा हेरिएको छ । हुनपनि पछिल्लो समयमा सरकारका यी र यस्ता गतिविधिका कारण धेरैले नेताहरु प्रति आक्रोश पोख्ने गरेका छन । राम्र काम गर्ने लाई टिक्नै नदिने प्रवृत्ति हाबी हुँदा नै देश बाट बाहिर पलायन हुनेको संख्या बढिरहेको छ । समीर विष्टले साथीको सर्टमा आफ्नो मनका भावना लेखेको बताएका छन । अहिलेको केही गर्छु भनेर आएका युवाहरुलाई काम गर्न दिइएको छैन । १८ घण्टाको लोडसेडिङ हटाउने कुलमान जस्तालाई बिना कारण पद मुक्त गरेको, केही गर्छु भनेर आएका बालेन, रवि जस्ता राजनीतिका नयाँ शक्तिहरु लाई विभिन्न बहानामा दुःख दिएपछि आफ्नो मनमा युवाहरुका लागि यो देश बस्न लायक नै नरहेको भावना आएको समिर बताएका छन । यतिबेला १२ पास गर्न साथ बिदेश जाने प्रवृत्ति समेत निकै व्यप्त रहेको छ ।

देशमा रोजगारी नहुनु र अहिलेको युवा पुस्तालाई देशमै समेट्ने गरि कुनै नयाँ काम गर्न नसक्नु राज्यको कमजोरी हो । अझ यतिबेला २ तिहाइको सरकार रहेको छ तर सरकारले जनचाहान अनुसार काम गर्नु त परको कुरा बालेन,रवि र कुलमान सँग भिड्ने गरेको छ । के पी ओलीले नै प्राधिकरण का निर्देशक कुलमान घिसिङलाई निकालेका छन । उनले आफु अनुकुल मान्छे ल्याएर प्राधिकरण राखेका छन । काठमाडौँका मेयर बालेन शाह सँग त उनी जुध्ने गरेका छन । बालेन सँगेको रिसिबीका कारण सरकारले नै अधिकृत पठाउन पहल नगर्दा ५ महिना देखि महानगरका कर्मचारीले तलब पाएका छैनन । यस्तै रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा जेल हाल्दा समेत सरकारले आफना लाई जोगाएको छ । रवि लाई शुक्रवार राति मात्रै प्रहरीले घरमै पुगेर पक्राउ गरि उनलाई रुपन्देही पुर्याएको छ ।