Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी,त्रिभुवन विमानस्थल पुर्‍याइयो

रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी,त्रिभुवन विमानस्थल पुर्‍याइयो

काठमाडौं ।रास्वपा का सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरिएको छ । रविलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।

शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

९ बजेको उडानमार्फत उनलाई भैरहवा लैजनाने तयारी छ । तर, कुन एयरलाइन्सको विमानबाट लैजाने भन्ने प्रहरीले खुलाएको छैन । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।