Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताएका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डमा मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन्।

मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यो आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’

ओलीसँगको भेटपछि मोदीले पनि दुई देशको सम्बन्ध बलियो भएको विश्वास व्यक्त गरेका छन्।