Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्ञानेन्द्र शाही र चन्द्र भण्डारी उभिए बालेनको पक्षमा

ज्ञानेन्द्र शाही र चन्द्र भण्डारी उभिए बालेनको पक्षमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थन गर्दै स्टाटस लेखेका छन । मेयर बालेन शाहले केही दिन अघि ‘सबैलाई टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएका थिए,जसले ठूलो विवाद निम्त्याएको थियो । सोही अभिव्यक्तिलाई उद्धृत गर्दै शाहीले फेसबुकमा लेखेका छन्, ‘टुकुचामा गाडिहालौँ, छोड्नु हुँदैन । जबरजस्ती गरे भन्दैमा पछि हट्नु हुँदैन । मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनुहुँदैन ।’भन्दै बालेनको समर्थनमा स्टाटस लेखेका हुन ।

बालेनको अभिव्यक्तिमाथि व्यापक रुपमा आलोचना र समर्थन भइरहेका बेला शाहीले समेत उनलाई उकास्ने गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यसैबीच, बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा तनावको अवस्था सिर्जना भएको थियो । मेयर बालेन शाहले सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगर प्रवेश गर्न नदिन निर्देशन दिएका थिए । महानगर प्रहरीलाई समेत सोही आदेश दिइएको थियो ।

तर, उपप्रमुख सुनिता डंगोलसहितका अन्य जनप्रतिनिधि तथा कर्मचारीको पहलमा गुरागाईंलाई कार्यालय प्रवेश गराएर हाजिर गराइएको छ । त्यसपछि शाहीले बालेनको समर्थनमा आक्रामक अभिव्यक्ति दिएका हुन् ।

बालेन शाहको पछिल्लो कदम र शाहीको प्रतिक्रिया सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ । यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन–’काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !’

भण्डारीले राज्य प्रतिशोधमा लाग्न नहुनेमा पनि जोड दिएका छन् । उनले भनेका छन्– ’प्रतिशोधको सीमा कतिसम्म र कहिलेसम्म ? साना र ठुलामा फरक के ? फिनी हराएको थाहा छैन गहुँका दानाको गिन्ती !’भनेर लेखेका छन । हिज मात्रै उपमेर रहेकी सुनिता डंगोलले प्रशासकिय अधिकृत सरोज गुरागाईलाई स्वागत गर्न पुगेकी थिइन । बालेन शाहले काठमार्डौँ टावरको बिषयमा गुरागाई मुछिएपछि उनलाई महानगर प्रवेशमा रोक लगाएका थिए । तर गुरागाईलाई उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिले कार्यकक्षमा लगेर बसालेका थिए । करिब ५ महिना बाट महानगरका कर्मचारीले अधिकृत नहुँदा तलब खान पाएका छैनन । गुरागाई टावरको बिवादमा मुछिएपछि बालेनले केन्द्र सरकारलाई अधिकृत पठाइदिन पटक पटक आग्रह गरेका थिए तर सरकारले भने कुनै चासो दिएको थिएन ।