काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह आज दोलखा पुगेका छन । हिज काभ्रेको धुलिखेलमा देखिएका बालेन आज दोलखाको भिमसेन पुगेका हुन । उनले दोलखाको भीमसेन मन्दिरमा पुगेरे पुजाआजा गरेका छन ।
बालेनको सचिवालयका अनुसार उनी अहिले बिदामा रहेका छन भने शाहले आइतबार (चैत २४) सम्म बिदा लिएको खुल्न आएको छ । सार्वजनिक भएको एक भिडियोमा पनि बालेनले पुजाआजा गरेको देख्न सकिन्छ । बालेन शाह उक्त मन्दिरमा पुग्दै गर्दा फोटो खिच्नेको पनि भीड लागेको देखिएको छ । बालेनले उक्त मन्दिरमा पुगेर पुजा गर्नुका साथ मन्दिरको इतिहासका बारेमा पनि जानकारी लिएका छन । हिज मात्रै बालेन शाहले महानगरमा आउन रोक लगाएका प्रशासकिय अधिकृत सरोज गुरागाई महानगर प्रवेश गर्दा महानगर प्रहरीले रोक्ने प्रयास गरेको थियो तर उनलाई उपमेयर सुनिता डंगोल सहित वडा अध्यक्ष र जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका थिए । महानगरमा लफडा हुँदा बालेन भने काभ्रको धुलिखेलमा लस्सी पिइरहेको खुल्न आएको थियो ।
काठमाडौं टावरको प्रक्रिया नपु¥याएर नक्सा पास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं मेयर शाहको निलम्बनमा परेका थिए । निलम्बनमा परेको तीन महिना १४ दिनपछि बिहीबार (चैत २१ गते) महानगरमा हाजिर गर्न पुगेका थिए । उनी कार्यालय पुगेर हाजिर गरेरै निस्किएका थिए । यता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहजरुपमा कार्यालय पुगेका छन् ।
आज कार्यालय पुगेलगत्तै प्रशासकीय अधिकृत गुरागाईँले लामो समयदेखि रोकिएको शिक्षक–कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् । प्रशासकीय अधिकृतको गाडीमा लगाइएको ह्वील लक पनि खोलिएको छ । आजबाट गुरागाईँले उक्त गाडी प्रयोग गर्ने बताईएको छ ।यसअघिका पीएसओलाई अन्यत्रै सरुवा गरिएको छ । महानगरका कर्मचारी ३ महिना देखि तलब बिहिन छन् ।
बिकासे खर्च गर्ने समयमा महानगरले राम्रो संग काम गर्न सकेको थिएन । तलब नै नपाउँदा कर्मचारीहरु आक्रोसित बन्दै आएका थिए । सरकारको दम्भका कारण पुरानै अधिकृत जवरजस्र्ती लगिएको केहि नेताले बताउँदै पनि आएका छन् । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाए पछि गुरागाईं बिदामा बसेका थिए । पछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।