Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजावादीको आन्दोलनमा पक्राउ परेका राई र रोका ३ महिनाअघि पार्टीबाट अलग भएको रास्वपाको भनाई

राजावादीको आन्दोलनमा पक्राउ परेका राई र रोका ३ महिनाअघि पार्टीबाट अलग भएको रास्वपाको भनाई

काठमाडौँ । रास्वपाले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका नेता संलग्न भएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । रास्वपाले केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

रास्वपा केन्द्रीय संगठन विभागले एक विज्ञप्ती गर्दै खोटाङका डा. राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब ३ महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेको जानकारी गराएको छ ।

‘हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।