Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनिताको बालेनलाई यस्तो चेतावनी,बालेन सचिवालयले के भन्यो ?

सुनिताको बालेनलाई यस्तो चेतावनी,बालेन सचिवालयले के भन्यो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बालेन शाहलाई चेतावनी दिएकी छिन । डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिएकी हुन । पछिल्लो समयमा बालेन र सुनिता बिचमा यहीँ कुरालाई लिएर टसल भैरहेको छ । उपमेयर सुनिताले बेला बेला बालेनको आलोचना समेत गर्ने गरेकी छिन तर बालेन शाह भने आज कार्यलय गएका छैनन ।

बिहीबार उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न मेयर शाहलाई आग्रह गरेकी छिन । उनी गुरागाईको स्वागतमै पुगेकी थिइन । अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको भनाई छ ।

गुरागाईँ तीन महिना १४ दिनपछि आज कार्यालय फर्केका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै पत्र पठाएको ठ्याक्कै एक महिनापछि उनी महानगरपालिका पुगेका हुन् । गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । यता बालेन शाहको सचिवालयले भने चैत १५ गतेको घट्नालाई मोड्न सरकारले यस्तो काम गरेको बताएको छ ।

तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा यस्तो कार्य भएको मेयरको सचिवालयले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको खण्डमा बिहीबार विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने मेयर शाहको सचिवालयको भनाई रहेको छ । यता महानगरमा प्रहरी र कर्मचारी बिचमा धकेला धकेल हुँदा बालेन भने काभ्रेमा रहेको खुल्न आएको छ ।

यस्तै काठमाडौँ महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा राखिएको छ । कर्मचारीहरूले जबरजस्ती कार्यकक्षमा प्रवेश गराए पनि हाजिर गर्न भने पाएका छैनन् । कर्मचारीको हाजिरी कापी नै मेयर बालेन शाहको सचिवालयमा राखिएको छ । जसले गर्दा उनी कार्यकक्षमा प्रवेश गरे पनि हाजिर भने गर्न पाएनन् । सचिवालयका एक सदस्यका अनुसार गुरागाईँ विवादमा आएदेखि नै हाजिरी कापी सचिवालयमा राखिएको थियो । उनलाई महानगर प्रहरीले बलले रोक्ने प्रयास गरेको थियो । उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।