Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरमा लफडा हुँदा बालेन शाह काभ्रेमा लस्सी पिउँदै

काठमाडौँ महानगरमा लफडा हुँदा बालेन शाह काभ्रेमा लस्सी पिउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आज कर्मचारी बिच र नगर प्रहरी बिचमा धकेला धकेला सम्मको अबस्था उत्पन्न भयो । प्रशासकिय अधिकृत सरोज गुरागाई महानगर प्रवेश गर्न खोेज्दा केही बेर तनाब सिर्जना भएको थियो ।

गुरागाईलाई स्वागत गर्न उपमेयर सुनिता डंगोल पुगेकी थिइन तर बालेन भने अनुपस्थित देखिएका थिए उनी काभ्रे पुगेको खुल्न आएको छ । काभ्रेको पाँचखालमा रहेको केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै गरेको खुल्न आएको छ । बालेन आफ्ना केही सहयोगीहरूका साथ बिहान त्यहाँ पुगेका बताइएको छ । उनले त्यहाँ लस्सी पिएर बाहिरिएको समेत खुलेको छ ।

बालेन बुधबार (हिजो) नै काभ्रेतर्फ लागेको बताइएको छ । उसो त उनले ठीक एक हप्ता अगाडि आफ्ना कर्मचारीले तलब खान नपाए सबैलाई ’टुकुचामा गाड्ने’ चेतावनीपूर्ण स्टाटस फेसबूकमा लेखेका थिए। तर, एक हप्ता पुगेकै दिन उनी काभ्रेका लागि निस्किएका हुन् । पछिल्लो समयमा बालेन शाहको केन्द्र सरकार सँग टसल रहेको छ । काठमाडौँ टावरकोे नक्साको बिषयमा सरोज गुरागाई जोडिएपछि बालेनले उनलाई महानगरपालिकामा आउन दिएका थिएनन । यता सरोज गुरागाई हाजिर भएपछि बालेनको सचिवालयले भने आपत्ति प्रकट गरेको छ ।

आज बिहीबार जबर्जस्ती कार्यालयमा हाजिर गरेर निस्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारी भएको आरोप लगाएको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई महानगरमा स्वागत गरिएको भन्दै आपत्ति जनाएका छन । आज बिहीबार उपप्रमुख सुनिता डंगोल, अधिकांश वडा अध्यक्ष र कर्मचारीहरूले गुरागाईंलाई महानगर कार्यालयमा स्वागत गरेका थिए । यता यस्तै काठमाडौँ महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा राखिएको छ । कर्मचारीहरूले जबरजस्ती कार्यकक्षमा प्रवेश गराए पनि हाजिर गर्न भने पाएका छैनन् ।

कर्मचारीको हाजिरी कापी नै मेयर बालेन शाहको सचिवालयमा राखिएको छ । काठमाडौं महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि हाजिरी कापी बनाएर हाजिर गरेका छन् ।

बिहीबार गुरागाईँलाई कर्मचारीहरूले कार्यकक्षको ताला फोरेर गुरागाईँलाईं कार्यकक्षमा प्रवेश गराएका थिए । तर हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि उनले हाजिरी गर्न पाएका थिएनन्। नयाँ हाजिरी कपी बनाएर उनले हाजिरी गरेका छन् । उनलाई महानगर प्रहरीले बलले रोक्ने प्रयास गरेको थियो । उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।