Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थाइल्यान्डका राजा महा बजिरालोङकर्न र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता

थाइल्यान्डका राजा महा बजिरालोङकर्न र प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता

बैंकक । थाइल्यान्डका राजा महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राजदम्पत्तीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा आठ सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक पुगेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।