Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँलाई खोज्न सीबआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले हात झिक्यो,काठमाडौ भित्रै रहेको अनुमान !

दुर्गा प्रसाईँलाई खोज्न सीबआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले हात झिक्यो,काठमाडौ भित्रै रहेको अनुमान !

काठमाडौँ । राजावादीका कमान्डर बनेर बबन्डर मच्चाएर भाँगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई खोज्न नेपाल प्रहरीलाई कठिन परेको छ । शुक्रबार साँझदेखि फरार उनलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन् ।

दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको छ । सीबीआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजीबाट हात झिकेको छ । उनको खोजीका लागि नेपाल प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट काम शुरु गरेको छ । प्रसाईं उपत्यकाभित्रै छन् वा छैनन् भन्नेसमेत खुलेको छैन । प्रहरीस्रोतका अनुसार अनुसन्धानकर्मीको ध्यान अन्यत्र मोड्नका लागि उनी भारत छिरेको हल्ला चलाइएको हुन सक्छ । उनी नेपालभित्रै रहेको प्रहरी अनुमान छ । प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो । अपराध अनुसन्धान कार्यालयले उक्त प्रदर्शनका प्रायजसो अगुवासहित कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंलाई बुझाइसकेको छ ।

तर, उक्त कार्यालयको टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि प्रसाईंको खोजीमा थियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर रहेका प्रसाईंलाई रोक्न विमानस्थलको अध्यागमनलगायत सबैतिर निगरानी गरिएको थियो। राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन् ।

तर, न्युन जनशक्ति र अनुसन्धान गरिनुपर्ने विषयको चापका कारण उसले पनि प्रसाईं खोजी गर्ने कामबाट हात झिकेको छ । बाहिरी युनिटहरु अन्य काममा व्यस्त भएपछि प्रहरी अनुसन्धानका जटिल विषयहरुको निरुपण गर्ने निकायका रुपमा रहेको विशेष व्युरोलाई सक्रिय बनाइएको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ । प्रदर्शन भएकै राति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई पक्राउ गरेको थियो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार प्रसाईंको खोजीका क्रममा गरिएको सिसिटिभी फुटेज अध्ययनको निश्कर्ष, उनले चलाउने विभिन्न किसिमका इलेक्ट्रोनिक्स डिभाइसका आधारमा गरिएको अनुसन्धानबाट खुलेका तथ्य विशेष व्युरोलाई उपलब्ध गराइएको छ ।