Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविन्द्र मिश्र र धवल शमशेर हिरासतमा पनि एकैठाउँमा,मिश्र माग्छन् मासु शमशेर माग्छन काजु!

रविन्द्र मिश्र र धवल शमशेर हिरासतमा पनि एकैठाउँमा,मिश्र माग्छन् मासु शमशेर माग्छन काजु!

काठमाडौँ । यहीँ चैत १५ गते काठमाडौँमा भएको राजावादी आन्दोलनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् । उनीहरुमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोप छ ।

उनीहरुलाई प्रहरीले राज्यबिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । तर प्रहरी हिरासतमै रहेका मिश्र र जबराको खाना नै अलग रहेको छ । प्रहरी अधिकारीहरुका अनुसार दुबै जनाले हिरासतमा रहेका थुनुवाहरुका लागि बनाइएको खाना खाने गरेका छैनन । दुवैजना मांसाहारी हुन् । हिरासतका अरु थुनुवालाई तयार गरेको खाना दुवै जना खाँदैनन् । आफ्नो इच्छाअनुसार प्रहरीको क्यान्टिनमा खाना अर्डर गर्ने र ‘दुवैजनाले मासु र रोटी खाने प्रहरी अधिकारीहरुको भनाई छ । जवराले चाहिँ बेलाबेला स्याउ र काजु खाने गरेको बताइएको छ ।

उनीहरुले सामान्य पानीले स्वास्थ्य समस्या हुनसक्ने भन्दै उनीहरुले नियमित ‘मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् । मिश्र र जवरालाई प्रहरीले सँगै राखेको छ । गत शुक्रवार भएको प्रर्दशनमा मिश्र र जबरा पनि सहभागी भएका थिए,उनीहरुलाई १५ गतेका राति नै प्रहरीले पक्राउ गरेको थियो । डा. धवलशमशेर क्यान्सरका विरामी हुन् । पार्टीका नेता कार्यकर्तासँग भेटघाट र आपसमा कुरा गरेर उनीहरु हिरासमा दिन कटाउँछन् । हिरासतको एउटै कोठामा बस्ने उनीहरुलाई भेट्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही र जयन्द्र चन्दले भेटघाट गरेका छन् ।