Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्तत २५ करोडका मालिक फेला,को हुन त मालिक ?

अन्तत २५ करोडका मालिक फेला,को हुन त मालिक ?

काठमाडौँ । गत चैत ४ गते काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक खुल्न आएको छ । प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको हो । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको हो । नेपालको इतिहासमै यति ठुलो मात्रामा रकम भेटिएको प्रहरीको अनुमान रहेको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको बताइएको छ । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।

चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको प्रहरीले जनाएको छ । २५ करोडको मालिक रहेका पौडेलको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेज र डिजिटल डिभाइको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा प्रहरीले खानतलासी पनि गरेको छ । सो क्रममा विभिन्न दशी बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक ग्यारेज, पार्किङ स्थल र विभिन्न गोदाममा समेत गएको देखिएको र खानतलासी पनि भएको प्रहरीले जनाएको छ । सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले उक्त व्यक्तिलाई पक्राउ गरेर जिम्मा लगाउन प्रहरीलाई पत्राचार समेत गरेको छ । २५ करोड भेटिएपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको थियो । ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का कुसाङ लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । कुसाङ यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

१३ पुस २०७३ मा अवैध सुन तस्करीमा पक्राउ परेका उनी २०७८ सालमा छुटेका थिए । त्यसबेला उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । सो समयमा गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएका सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि सो गाडीका चालक कुसाङ नै थिए । अहिले फेरि उनै कुसाङले गाडीमै फल्स बटन बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरुले बताएका छन । जेलबाट छुटेपछि उनी फेरि कन्टेनर चालककै आवरणमा सुन र डलरको तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।