Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहले टुकुचामा लगेर गाड्छु भनेर दिएको एकसाते अल्टिमेटम सकियो, अब के हुन्छ?

बालेन शाहले टुकुचामा लगेर गाड्छु भनेर दिएको एकसाते अल्टिमेटम सकियो, अब के हुन्छ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए टुकुचामा लगेर सबै नेता गाड्छु भन्दै सरकारलाइृ दिएको अल्टिमेटम सकिएको छ । तर, अझै पनि सरकारले प्रमुख प्रशासकिय अधिकृत पठाएको छैन । महानगरमा अधिकृत नपठाउदा ३ महिना भन्दा बढी समय देखी कर्मचारीले तलव पाएका छैन । अहिले कर्मचारीले नै उल्टै बालेनलाई चेतावनी युक्त पत्र पठाएका छन् । बालेन अहिले आफै चेपुवामा परेका छन् ।

गएको २४ गते फेसबुकमा सरकारकै दम्भका कारण प्रमुख कार्यकारी अधिकृत नपठाएको र सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै बालेनले आक्रोस पोखेका थिए । मेयर बालनले दिएको उक्त चेतावनी एक साता बितेको छ । तर अझैसम्म सरकारले आर्थिक अधिकार प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । अझ भन्दा सरकारले यसबारे अहिले चासो नै देखाएको छैन । त्यसमाथी प्रभानमन्त्री ओली आज बैकक प्रस्तान गरिसकेका छन् । उनी २१ ग्ते अघि स्वदेश फर्किदैनन । ३–३ महिना देखी सरकारले महानगरका कर्मचारीको चित्कार सुनेको छैन ।

हाल महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले पठाउन नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय राजधानी र जनसांख्यिक रुपमै सबैभन्दा ठूलो महानगरपालिकाले नै प्रमुख प्रशासकीय अधिकृत नपाउँदा यतिबेलाा काम कारवाहि ठप्प छ । बिकासे खर्च गर्ने बेलामा अधिकृति नै नहुदा रकम निकासा हुन सकेको छैन । जस्ले गर्दा कर्मचारीले तलब पाएका छैनन्, महानगरले खर्च गर्न पाएको छैन । महानगरले पटक पटक अधिकृत पठाई दिन या अधिकार प्रत्यायोजन गरिदिन आग्रह गरिरहेको छ । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए ।

त्यसपछि वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । अहिले भने महानगर रितै छ । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाए पछि गुरागाईं बिदामा बसे । पछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । महानगरले पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नक्सा पास गर्न शंकास्पद भूमिका खेलेको जनायो । तर, सरकार बालेनलाई गलाउने रणनितीमा छ । बालेन कुनौ पनि हालतमा गुरागाईँलाई फिर्ताृ बोलाउने पक्षमा छैनन । जस्ले गर्दा बिबाद झन चुलिएको छ ।