Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको यो पटक पनि मोदी भेट्न सम्भावना कम

प्रधानमन्त्री ओलीको यो पटक पनि मोदी भेट्न सम्भावना कम

काठमाडौँ । कयौ पटक प्रयास गर्दा पनि प्रधानमन्त्री के पी शर्मा ओलीको भारत भ्रमण नहुँदा यतिबेला ओली तनावमा देखिएका छन । परराष्ट्रमन्त्री आरजु राणा देउवा भ्रमणको लागि चाँजोपाँजो मिलाउन भारत धाइरहेकी हुन्छिन तर अहिले सम्म सफल भने हुन सकेकी छैनन । स्वयंम ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिदा पनि मोदी नेपाल आउन मानेका छैनन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने चाँजोपाँजो मिलाइरहेका छन् ।  तर थाइल्यान्डमा दुई प्रधानमन्त्रीबिच भेटघाटको सम्भावना नरहेको बताइएको छ । आज उनी थाइल्यान्ड प्रस्थान गरेका छन ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात को निमन्त्रणामा ओली थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गएका हुन् । चैत २१ गते देखि थाइल्यान्डको राजधानी बैंककमा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) समिटमा भाग लिन नेपाल तथा भारत दुवै देशमा प्रधानमन्त्री जाँदैछन् । प्रधानमन्त्री अ‍ोली र भारतीय प्रधानमन्त्री मोदीबिच त्यहाँ भेटघाट हुने तयारीमा प्रधानमन्त्री कार्यालय जुटेको थियो ।

तर भारतका प्रधानमन्त्री मोदीले भेटघाटमा रुचि नदेखाएका स्रोतले जनाएको छ । प्रधानमन्त्री मोदी एक दिनका लागि थाइल्यान्ड जानेछन् । अप्रिल ३ मा गएर ४ मा त्यहीबाट श्रीलंका जाने कार्यक्रम तय गरेका छन् । त्यस बिचमा यी दुई जना प्रधानमन्त्रीको भेटघाटको सम्भावना कम देखिएको स्रोतले जनाएको छ ।

भारतका प्रधानमन्त्री मोदी अप्रिल ३ (चैत २१) अर्थात् बिम्स्टेक उद्घाटनकै दिन त्यहाँ पुग्नेछन् । त्यही दिन थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रासँग भेटघाट गर्नुका साथै दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अप्रिल ४ मा बिम्स्टेकमा सहभागी भएर उनी त्यसै दिन श्रीलंकाका लागि प्रस्थान गर्ने बताइएको छ । श्रीलंकामा उनी अप्रिल ६ सम्म रहने बताइएको छ ।

अ‍ोली र मोदीबिच अहिले सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल भ्रमणका लागि निम्ता दिए पनि उनी आएका छैनन् । उनी नआएका मात्र हैनन्, ओलीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छैनन् । अप्रिल १ अर्थात् चैत १९ गते थाइल्यान्ड जाने प्रधानमन्त्री ओलीले मोदीसँग भेटघाटका लागि प्रयास भइरहेको बताइएको छ । तर अहिलेसम्म भेटघाटको कुनै टुंगो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन असोज पहिलो हप्ता अमेरिका पुगेका प्रधानमन्त्री अ‍ोली र मोदीबिच भेटवार्ता भएको थियो ।