Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाँच वटा प्रतिस्थापन विधेयक राष्ट्रियसभाले बहुमतले गर्यो पारित

पाँच वटा प्रतिस्थापन विधेयक राष्ट्रियसभाले बहुमतले गर्यो पारित

काठमाडौँ । पाँच वटा प्रतिस्थापन विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराएका छन ।

‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ तथा ‘निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरिएको हो ।

राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित गरिएको हो । सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रियसभाको अर्को बैठक यही चैत २५ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।