Shares
Shares
आज विक्रम संवत २०८१ साल चैत्र १८ गते, सोमबार ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लगाउन सकिनेछ । संघर्ष गरेरै भएपनि आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्राको योग रहेकोछ ।
Nabil bank
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) खर्च बढ्ने तथा काम समयमा नहुनाले आर्थिक स्थिती मिलाउन हम्मे–हम्मे पर्नेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च हुने योग रहेकोछ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । र, पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवासाय फस्टाएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ । परिवारका साथ घुमफिर, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डों) पढाइ लेखाइमा उच्चस्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नविन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) घर परिवार तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाव सिर्जना हुनेछ । र, पनि नाफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिर्य घट्ना घट्न सक्छ । स्वास्थ्यमा समस्या आइ दैनिक कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । नसोचेको धन प्राप्तिको योग रहेकोछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) विपरीत लिङ्गप्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोगमार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मीठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफन्त तथा मामा माईजुबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । विवादित विषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईंसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दा गर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। अध्ययन वा कामको सवालमा परिवारजनबाट टाढिनु पर्नेछ । आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) तपाईं आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईंको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाव सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रवल सम्भावना रहेकोछ, ध्यान दिनुहोला । र, पनि भने कृषि, पशुपालन तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा साथीभाइका साथ रमाइलो गरि समय व्यतित हुनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा ईच्छाहरु पुरा गर्न सकिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यवसायबाट आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । कष्टकार यात्राको योग रहेकोछ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209