Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँ अझै फरार,राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै

दुर्गा प्रसाईँ अझै फरार,राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको प्रहरीले बताएको छ। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं अहिले फरार छन् । प्रदर्शनस्थलबाट स्कोर्पियोमा चढेर हिँडेका अहिले सम्म कता छन अत्तो पत्तो छैन ।

प्रहरीले उनको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ । अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईं फरार छन्, अन्तर्राष्ट्रिय सिमामा उनको आवागमनमा हामी रोक लगाउँछौँ ।’

आइतबार उनको पासपोर्ट कालोसूचीमा राख्ने गरी अध्यागमन विभागलाई पत्राचार गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् ।

प्रदर्शनको नेतृत्वकर्ता मध्येका नवराज सुवेदीसहित १० जना अहिले प्रहरीको नियन्त्रणमा छन् । उनीहरूलाई प्रहरीले फौजदारी मुद्दामा अनुसन्धान गरिरहेको छ ।