Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा ज्ञानेन्द्र लाई ओली,देउवा र प्रचण्डले नछोड्ने,सुविधा खोस्नेदेखि थुन्ने सम्मको तयारी

पुर्वराजा ज्ञानेन्द्र लाई ओली,देउवा र प्रचण्डले नछोड्ने,सुविधा खोस्नेदेखि थुन्ने सम्मको तयारी

काठमाडौँ । शुक्रवार भएको राजावादीको प्रर्दशनलाई लिएर शुक्रवार राति नै बसेको मन्त्रिपरिषदको बैठकमा पुर्वराजा ज्ञानेन्द्र शाहका बारेमा गम्भिर रुपमा छलफल भएको छ । बैठकमा सहभागि मन्त्रिका अनुसार मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल भएको तर तत्कार कुनै निर्णय नभएको बताएका छन । कानुनविपरीत को काम गर्नेलाई कारबाही गर्नका लागि कुनै निर्णय गरिरहन परेन तर ज्ञानेन्द्र शाहको भूमिकाका सन्दर्भमा छलफल भएको उनको भनाई छ । उनका अनुसार पूर्वराजाको सेवा सुविधा खोस्नेदेखि विदेश भ्रमणमा रोक लगाउने सम्बन्धमा छलफल भएको छ । यस बिषयमा गृहमन्त्रालयलाई सम्पुर्ण अधिकार दिएको समेत बताइएको छ । सबैजसो मन्त्रीले गम्भीर विषयमा समीक्षा गर्नुपर्ने र सरकारले एउटा ‘एक्सन’ लिनुपर्ने धारणा राखेका थिए । हिंसात्मक आन्दोलन भड्काएको आरोपमा सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको हो । दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको हो ।

दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन्। सरकारले यो निर्णय लिने तयारी गरेको छ । शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको थियो।

शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए ।

ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्। अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ। भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ । झडपमा सविन महर्जन गोली लागेर मरेका छन्। विहीवार निर्मल निवास बोलाएर पूर्व राजाले नवराज सुवेदी र दुर्गा प्रसाईलाई पालैपालो निर्देशन दिएको र त्यसलगत्तै प्रसाईले अब नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने धम्की दिएको विषयलाई सुरक्षा निकायले नोटिसमा लिएको छ । पूर्व राजाको निवासबाट विहीवार दिउँसो दुर्गा प्रसाई निस्किएको भिडिओ समेत मिडियामा आइसकेको र पछिल्लो राजावादी आन्दोलनको आह्वान नै ज्ञानेन्द्रले गरेका कारण उनीमाथि अनुसन्धान हुने सुरक्षा स्रोतले जनाएको छ ।