Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा ज्ञानेन्द्र शाहको पार्सपोर्ट रद्ध गर्ने सरकारको तयारी

पुर्वराजा ज्ञानेन्द्र शाहको पार्सपोर्ट रद्ध गर्ने सरकारको तयारी

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहको पार्सपोर्ट रद्ध गर्ने सरकारले तयारी गरेको छ । पुर्वराज ज्ञानेन्द्र शाहको निर्देशनमा शुक्रवार अर्थात हिज हिंसात्मक आन्दोलन भएको र उनी बिदेश भाग्न सक्ने आशंका गदैँ राहदानी रद्ध गर्न लागेको सरकारी स्रोतले जानकारी दिएको छ ।

पुर्वराजा ज्ञानेन्द्र शाह कै कारण हिज आन्दोलनकारी उग्र बनेको र यसको सम्पुर्ण क्षतिपुर्ति सबै पुर्वराजाले नै तिनुपर्ने समेत बताइसकेको छ । हिजको आन्दोलनको सम्पुर्ण व्यवस्था नै पुर्वराजाले गरेको पनि सरकारले बताएको छ । यतिबेला सरकार माथि नै पुर्वराजा लाई लाई पक्राउ गर्न पनि दबाब बढको छ । आज केही समय अघि नै नबराज सुवेदीले पुर्वराजालाई सरकारले पक्राउ गर्न खोजेको आरोप लगाएका छन ।

राजावादी आन्दोलनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग दुई घण्टा भेटेर फर्किएपछि एकाएक आन्दोलनका निम्ति नयाँ समीकरण बनेको थियो । प्रसाइँले नै शुक्रबार सुरक्षाकर्मीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेर उत्तेजित बनाएपछि राजावादी उग्र र हिंसात्मक बनेका थिए । चैत १५ मा निर्णायक आन्दोलन गर्ने घोषणा प्रसाईंले चैत २ मै गरेका थिए । अन्य राजावादीले भने उनीसँगै अघि बढ्न नसकिने बताउँदै आएका थिए । तर प्रसाईं र शाहबीच बिहीबारको भेटवार्तालगत्तै उक्त आन्दोलनलाई सघाउने भन्दै अन्य राजावादीले पनि साथ दिने घोषणा गरेका थिए ।

पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको चैत ४ मा गठित राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि उक्त भेटपछि बिहीबारै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गरेको थियो । प्रसाईंले आह्वान गरेको आन्दोलनको अपनत्वसमेत लिएको घोषणा समितिले गरेको हो ।

शान्तिपूर्ण आन्दोलन गर्ने भनिएकाले सरकारले राजावादीलाई तीनकुने क्षेत्र छुट्टयाइदिएको थियो । प्रसाईंकै गतिविधिले शुक्रबारको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो । तीनकुनेमा बनाइएको मञ्चको ब्यानरमा पूर्वराजा र प्रसाईंका तस्बिर थिए । प्रसाईं मञ्चमा जानुको साटो आन्दोलनलाई हिंस्रक बनाउन केन्द्रित देखिए । आफैं गाडी चलाउँदै निषेधित क्षेत्र घोषणा गरिएको बानेश्वरतर्फ अघि बढे । सडकमा बार लगाएर उभिएका प्रहरीलाई गाडीले पेल्दै उनी हुँकिए ।

गाडीभित्रै लाइभ गर्ने टोली लिएर हिँडेका उनले प्रहरीसँग मुठभेड चाहेको देखिन्थ्यो । त्यसपछि आन्दोलन हिंस्रक हुन पुगेको थियो । उत्तेजित राजावादीले आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तीनकुनेको मैदानभित्र आयोजित सभाको मञ्चमा जमघट हुँदै गर्दा प्रसाईं र समर्थक प्रहरीसँग भिडिसकेका थिए ।