काठमाडौँ । हिज भएको राजावादीको आन्दोलन उग्र बन्दा भएको धनजनको क्षतिको बारेमा गृहमन्त्री रमेश लेखकले अनुगमन गर्ने भएका छन् । अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।